Top Ad unit 728 × 90

News
News

दुखद समाचार : गायक खेमराज गुरुङको निधन

काठमाडौँः चर्चित गीत ‘वारि जमुना पारि जमुना’का गायक खेमराज गुरुङको निधन भएको छ । जण्डिस बिग्रिएपछि १० दिनदेखि चावहिलस्थित मेडिकेयर अस्पतालमा उपचार गराइरहेका गुरुङको बिहीबार साँझ अस्पतालमै मृत्यु भएको गायक कमलिकान्त भेटवालले अन्नपूर्ण अनलाइनलाई जानकारी दिए । गुरुङको ‘आलुतामाले’ गीतसमेत समेत चर्चित छ । थप उपचारका लागि परिवारले दिल्ली लाने तयारी गरे पनि चिकित्सकले स्वास्थ्य गम्भीर भएको भन्दै भेन्टिलेटरमा राखेका थिए । गुरुङको निधनको खबरले अस्पताल परिसरमा भिडभाड लागेको छ । गुरुङको पार्थिव शरीरलाई टिचिङ अस्पतालमा लाने तयारी भइरहेको समेत गायक भेटवालले जानकारी दिए ।
दुखद समाचार : गायक खेमराज गुरुङको निधन Reviewed by Google Girl on 5:59:00 AM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.