Top Ad unit 728 × 90

News
News

फेरी काठमाडौँ मा चार जना हुण्डीवाला १ करोड ७२ लाख रुपैयाँसहित पक्राउ

भाद्र १३ व्यापारको आवरणमा हुन्डी संचालन गरेको भन्दै महानगरिय प्रहरी अपराध महाशाखाले चारजनालाई १ करोड ७२ लाख रुपैयाँसहित पक्राउ गरेको छ ।
न्युरोड र प्युखा क्षेत्रमा पसल संचालन गर्दै आएका पवन सरावगी, मोहनमान श्रेष्ठ, कुमार राई र निर्दोष प्रसाईं, राजन पाैडेल, टलबहादुर तामाङ, अमित खरेल र राेहित दुलाललाई पक्राउ गरिएको महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले जानकारी दिए । खनालका अनुसार सरावगीबाट ६३ लाख ५० हजार, श्रेष्ठमा २० लाख, प्रसाईबाट १९ लाख, पाैडेलबाट ३२ लाख, तामाङबा६ ११ लाख, खरेलबाट १२ लाख र दुलालबाट ५ लाख रकम बरामद भएको हो । उनीहरुलाई पक्राउ गरी थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ । मनी चेन्जर, मनी ट्रान्फर र ट्राभल एजेन्सीको आवरणमा हुन्डी कारोबार हुने सूचनाको आधारमा महाशाखाले यसअघि न्यूरोड, दरबार मार्ग, ठमेल लगायतका क्षेत्रमा छापामारी २० भन्दा बढी कारोबारीलाई पक्राउ गरिसकेको छ । @ कान्तिपुर |
फेरी काठमाडौँ मा चार जना हुण्डीवाला १ करोड ७२ लाख रुपैयाँसहित पक्राउ Reviewed by Google Girl on 6:13:00 AM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.