Top Ad unit 728 × 90

News
News

नेपाल सरकार लाइ इजरायलबाट शरिन ख्युङ्वाको प्रश्न :बुहारी पाल्न नसकेको नै हो [ फिलिपिनी जोया नेपालको बुहारी थिइन्]

उद्दारको नाउँमा अन्याय गरिदैछ नेपाल सरकार अनि उद्दार को ढोल पिट्ने प्रहरी देखि समाजसेवीहरुले । छोरी बुहारी भनेको स्वदेशी होस् या बिदेशी होस् घरका गहना हुन,लक्ष्मी हुन् भन्ने हिन्दु परम्पराको धज्जी उडाउदै आज बर्शौ देखि उत्पीडनमा परेकी श्रम शोषण सहितको शारीरिक यौन शोषण मात्रै नभई मानसिक यातनासम्म भोग्नुपरेकी ती बिदेशी फिलिपिनी महिला जोया र उनको कोखिलाका मसिना नाबालक बच्चाहरु आफ्नै भुमिमा संघर्ष गर्न नपाइ आज ति बिरुवाहरुलाई आमा सङ्गै उद्दारको नाउँमा देश निकाला गरिरहेको यो दु:खद समाचारले मेरो मात्रै नभइ हामी सम्पुर्ण आम नेपालीहरुको शिर झुकेको छ दुखेको छ मन- मुटु । ती अन्यायमा पारिएको परेकी फिलिपिनी महिलाको दु:खद घटना देखेर
मेरो चीत्कार सहित निक्लेको आवाजले आज नेपालको कानुन अनि नेपाल सरकारलाई सोध्न मन लाग्यो कि तिमीले बुहारी पाल्न नसकेकै हो त ?आज बिदेशी महिलाको यो हालत रहेछ,गर्छ हाम्रो देश अनि हाम्रै नेपाली समाजले भने आफ्नै देश भित्र आफ्नै छोरी बुहारी माथी भैरहेको,गरिएको अपराधमा बलात्कारको शिकार किन नबनोस ?? किन दाइजोको कारण नजलाईयोस र छोरी जन्माएको निहुंमा घरका श्रीमान् सासू ससुराले किन महिला हिंसा नगरोस र घरबाट अशक्त मानसिक रोगी भएर निक्लन नपरोस ?अनि किन बोक्सीको निहुमा दिशा पिसाब मात्रै होइन जिउदै जलाइन्छ गाडिन्छ जमिनमा तिनका चीत्कार सुन्ने कसले ?

नेपालमा इतिहास रच्ने अनि रचाउने धेरै भए,जसमा रास्ट्रपति देखि प्रधानन्यायाधीश लगायत मै हु भन्ने महिला नेत्रीहरु धेरै छन तर सिर्फ गान्धारी भएर बसेका छन् देख तमासा भनेर भने आज तिनै आँखा कान मुख बन्द गरि बसेको हाम्रो देशको कानुनले एउटि बिचरी ती लाचार पीडित बिदेशी महिलालाई बुहारी स्विकार्नु को साटो अधिकार बिहिन पारी उनको माइती पठाइनुमा गर्व गर्दैछ र भन्दैछ उद्दार गर्यौ हामीले भनेर ढोल पिट्दैछन समाजसेवीहरु .. यो खवर सुनेर हरेक ती फिलिपिनिहरुको अगाडि मेरो मात्रै होइन आम सारा नेपाली जनताहरुको नजर झुक्ने भयो लाजसरमले.. जिबन थापा भन्ने अपराधीको कारण शिर माथी उठाउन नसक्ने भयौ हामीले .. यो अवस्थालाई बुझ्नुको साटो नेपाल सरकारले कागजको हवाईजहाज उडाइ रहेकोछ बुहारी पाल्न नसक्ने म हुतीहारा ससुराली हु भनेर । एउटा बुहारी पाल्न नसकी बुहारीलाई अधिकार दिनुको साटो घरबार बिहिन पारी माइत पठाउने यो नेपालको कानुनले बिश्वभर के सन्देश दिदैछ दिन खोजेको हो भन्ने कुरालाई बुझ्नुपर्ने उल्टै सुन्दैछु फिलिपिन्सको राजदुतावासबाट जरिवाना स्वरुप ७ लाख लिएको छ ।
वा गर्ब छ नेपाल सरकारले भनेपछि अलिकति इमानदारीता राखेनौ है तिमीहरुले.. त्यो जरिवानालाई उल्टै फिलिपिन्सले उनको चेलीको यतिका बर्ष देखि उनले भोग्दै आएकी श्रमदान शारीरिक यौन शोषण अनि उनले पाएकी मानसिक यातनाको हिसाब किताब मागेको भए तिमिले तिर्न सक्थ्यै त्यो जरिवाना रकम हँ नेपाल सरकार ?? आज उद्दारको नाउँ गरेर ती बिदेशी फिलिपिनि महिलाको कोखबाट जन्मेका ती मसिना लालाबाला लाई तिनको जन्मभुमी नेपालबाट देश निकाला गरि फिलिपिन पठाउदा ती मसिना २ बच्चाहरुको अधिकार नेपाल को कानुनले खोस्ने अधिकार कसले दियो ?? त्यो बच्चाहरु भोलि युवा भएर नेपाल फर्किन चाहेको खण्डमा नेपाल सरकारले के जवाफ दिन्छु भनेर घरदेखी बेघर गर्दैछ ती निर्दोष बच्चाहरुलाई ?? बुहारी पाल्न नसक्ने सरकार ! यदि अलिकति पनि लाजसरम बाकी रहेको छ भने त्यो जीवन थापा भन्ने अपराधी र तिनका परिवारलाई तुरुन्तै कारबाही गरि ती फिलिपिनि महिलालाई उनको देश पठाएर नेपाल को बद्नाम गर्नु भन्दा उनले पाउने क्षतिपुर्ती दिलाएर नेपाल मै बस्ने अधिकार नेपाल को कानुनले दिनुपर्ने हुन्छ होइन भने भोलि नेपाली भनेर अनुहार देखाउन लाज होला.. यो कुरा नेपाल सरकारले तुरुन्तै बुझ्नुपर्छ..उद्दारको नाउँ मा समस्या देखि भाग्न खोज्ने समाजका बिज्ञ भनाउदा हरुले भोलि एक एक सवाल को जवाफ दिनुपर्ने हुन्छ…. उद्दन्डकारी लाई सजाय दिलायर बुहारी स्विकार्नु नसक्ने त्यो समाजले ले उद्दार को ढोङ नपिट्दा हुन्छ भोलि तिम्रा छोरी चेलीबेटी लाई यिनै बिदेशी ले अन्याय गरि तिम्रो घर माइती गलहत्याएर पठाइ मान्ने हुन्छौ समाजसेवी भनाउंदाहरु ।
नेपाल सरकार लाइ इजरायलबाट शरिन ख्युङ्वाको प्रश्न :बुहारी पाल्न नसकेको नै हो [ फिलिपिनी जोया नेपालको बुहारी थिइन्] Reviewed by Google Girl on 8:10:00 PM Rating: 5

2 comments:

  1. मर्मस्पर्शी कारुनिक चित्रण, नेपालिलाइ बद्नामी बानौने यिनै स्वार्थी नेपाली अन्धो कानुन

    ReplyDelete
  2. जोयाको बारेमा २ सब्द:- परिस्थिति बस गैर कानुनि बसाइमा रहनु पर्यो / अनि उल्टै नेपाली संग बिहे गरे बापत ७ लाख दण्ड जरिबाना ? डलर बादीहरुले बोल्नु पर्दैन ? अनि नेपालमा जन्मेको र नेपालीले जन्माएको छोरालाइ फिलिपिन सरखारले पनि नागरिता दिएन भने उनको हालत के होला त् ? जरिबाना बापत लिएको ७ लाख नेपाल सरखारले अभिलम्ब जोयालाइ फिर्ता पठावोस / यदि उनि लडेर कानुनि प्रक्रिया पुरा गरेको भय नेपाली नागरिता पक्का पाउथिन / तर डलर बादीहरुले फकाई फुलाई फिलिपिन पठाउन सफल भय / यो सरासर धोका हो / नेपाली कानुन कति त्रुटी पूर्ण रहेछ भन्ने पनि थाहा भयो / अनि नेपाली अधिकारिहरुको पछौटे मानसिकता पनि प्रस्ट भयो / हामि जब कुनै अन्याय परेर पुलिस ठाना पुग्छौ / के अन्याय भएको हो पुलिस कर्मीलाइ प्रस्ट थाहा हुन्छ तर छानबिन प्रक्रिया यति झन्जटिलो हुन्छ कि दुइ तिन पुलिस चौकी धाए पछि बल्ल प्रक्रिया सुरु हुन्छ त्यो पनि ठुलाबडाको सोर्स लाउन सक्नु भयो भने / उसले पनि ठुलाबडाको सोर्स लगायो भनेत घाटा खाएर सम्झौता गर्न बाध्य पारिदिन्छन पुलिश अफिसर हरुले / अनि अनेक तर्क बितर्क गरेर समय बर्बाद हुन्छ / अन्त्यमा निरास भएर फर्कनु पर्छ / अनि अपराधीको मनोबल बढ्छ र भन्छ म भनेको प्रभाब साली र ठुलो मान्छे हो मलाइ पुलिसले त् केहि गर्न सकेन / अरु कसले छुन सक्छ ? यस्तै छ नेपालको न्याय प्रणाली / केहि सिप लागेन अलि अलि बोल्लं सक्नु भयो भने मुद्दा दर्ता गरिदिन्छन / अनि २४ दिन पुलिश चौकी धाउनुहोस / त्यष पछि अदालत धाउनुहोस / ओकिल खोज्नुहोस / तारिक पर्खनुहोस / दिक्दार लाग्दो र खर्चालु न्याय प्रणाली / यो भन्दा त् बोरु अलिकति अन्याय सहन्छु तर पुलिश चौकी जादिन भन्ने मानसिकता हुदो रहेछ / जोयाको उद्दार त् भयो त्यो भन्दा ठुलो उनीमाथि कानुन र प्रसासनले पनि अन्याय गर्यो / नेपाली संग बिहे गर्ने भारतीयलाइ मात्र नागरिता दिने हो कि अरु देशका महिलाले पनि यो अधिकार पाउने हो ? सरखारले स्पस्ट पार्नु पर्छ /

    ReplyDelete

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.