Top Ad unit 728 × 90

News
News

पाइलट साङ्गे लामा गण्डकी मा पौडेर बाच्न सफल भएको थियो तर रंजन लिम्बुले सदाको लागि बिदा हुनु पर्यो

फिस्टेल एयरको हेलिकप्टर दुर्घटनामा निधन भएका पाइलट क्याप्टेन रञ्जन लिम्बुले मकालु एयरका पाइलट क्याप्टेन साङ्गे लामालाई आइतबार फोन गरेका थिए– ‘सर, हजुरको अन्तरवार्ता हेरेँ, निकै कन्फिडेन्ट बढाउने र प्रेरणादायी छ।’ फोनमा रञ्जनले भनेका थिए ‘नयाँ जीवन पाउनुभयो, वेल्कम ब्याक सर,’ रञ्जनले प्रस्ताव पनि राखे ‘एकपटक भेट्न चाहन्छु, आज मिल्छ?’ साङ्गे लामा गतसाता हुम्ला सदरमुकाम सिमिकोटबाट सुर्खेतका लागि उडेको मकालु एयरको जहाजको इन्जिन ११,५०० फिट उचाइमा फेल भएपछि कर्णाली नदीमा ‘क्रयास ल्याण्ड’ गरेर ज्यान बचाएका पाइलट हुन्। लामाले कसरी सहासिक र विवेकपूर्ण निर्णय लिएर इन्जिन फेल भएको जहाजबाट आफू र को पाइलट प्रशान्त शाहको ज्यान बचाए भन्नेबारे नागरिक शो मा अन्तरवार्ता प्रस्तुत गरिएको थियो। आइतबार सोही अन्तरवार्ता हेरेर लिम्बुले लामालाई फोन गरेका थिए।
‘आइतबार भेट्ने उसको प्रस्ताव मैले स्वीकार्न सकिन,’ क्याप्टेन लामाले नागरिकन्युजसँग भने ‘म त्यो दिन नागरिक उड्ययनमा हाम्रो जहाज दुर्घटनाबारेको अनुसन्धानका लागि निकै व्यस्त थिएँ, हामी सोमबार भेट्ने योजनामा थियौं।’ उनले थपे- ‘ऊ (रञ्जन) माहांकाल बस्थ्यो, म जोरपाटी, हामी त्यो दिन कतै क्याफेमा भेट्ने योजनामा थियौं।’ सोमबार पनि क्याप्टेन लामा नागरिक उड्यनमै व्यस्त थिए। फिस्टेल एयरको हेलिकप्टर दुर्घटना भएको खबर एकाएक सनसनी बनेर फैलियो। उड्ययन प्राधिकरणका अधिकारीको ध्यान त्यतै तानियो। ‘दुर्घटनाको खबर सुनेपछि हाम्रो अनुसन्धान प्रकृयाको काम पनि रोकियो हामी हेलिकप्टर दुर्घटनाबारे विस्तृत बुझ्नतर्फ लाग्यौं।’ क्याप्टेन लामाले भने- ‘फिस्टेल एयरको हेलिकप्टर भन्ने बित्तिकै मैले रञ्जनलाई सम्झिएँ, मन भारी भयो, कतै ऊ नै त परेन? शंका झनै गहिरियो, किनकि फिस्टेलमा ऊ नै सबैभन्दा बढी हेली उडाउने मध्येको एक थियो।’ क्याप्टेन लामाले गरेको शंका केहीबेरमै यथार्थमा बदलियो। ‘रञ्जन नै रहेछ,’ लामाले प्रायश्चित र पीडाको भावमा भने- ‘आजै भेट्ने कुरा भएको थियो, त्यही प्रिय मान्छे नै रहेन, म थामिनै सकिन, हिजो नै उसले भेट्न चाहेको थियो, मैले भेट्न सकिन, त्यसमा मलाई झनै पीडा र प्रायश्चित लाग्यो।’ क्याप्टेनद्वय लामा र लिम्बु निकै समयदेखि चिनजानका साथी थिए। तर लिम्बु लामालाई सिनियरको सम्मान दिन्थे र सर भनेर पुकार्थे। ‘हामी बेलाबखत भेटेर गफिन्थ्यौं, रमाइलो गर्थ्यौं, सँगै तालिममा पनि सहभागी भयौं’ लामाले सम्झिए- ‘ऊ नेपालमा कार्यरत पाइलटमध्येको एक योङ र जाँगरिलो पाइलट थियो।’ ‘एकपटक सुर्खेतमा हामी रातभरि गफिएर बसेका थियौं, उसले विदेशमा राम्रो अफर आएपनि नेपालमै बसेर काम गर्ने भन्दै देश छाड्न नसकेको बताएको थियो,’ लामाले भने। यो वर्ष बर्षातयाम सुरू भएपछि रञ्जनले पृष्ठभूमिमा बाक्लो कुहिरो देखिने भिरालो ठाउँमा हेलिकप्टर ल्याण्ड गरेको फोटो फेसबुकमा पोष्ट गर्दै लेखेका थिए- ‘ह्याप्पी मनसुन, स्टे र एण्ड सेफ।’ पाइलटहरूका लागि मनसुन सिजन जोखिमपूर्ण मानिन्छ। लामा भन्छन्- ‘अहिले म उसको त्यो पोष्ट सम्झिरहेको छु, ऊ बादलमै अलमलिएर दुर्घटनामा परेको जस्तो लाग्छ, प्रारम्भिक प्रतिबेदनमा पनि त्यही देखिएको छ।’ यो थियो क्याप्टेन लामासँगको नागरिक शोः
पाइलट साङ्गे लामा गण्डकी मा पौडेर बाच्न सफल भएको थियो तर रंजन लिम्बुले सदाको लागि बिदा हुनु पर्यो Reviewed by Google Girl on 1:13:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.