Top Ad unit 728 × 90

News
News

६ महिना अगाडी साझा सवाल कार्यक्रम मा धेरैलाई रूवाएकी सिन्धुपाल्चोककी उजेली

छ महिनाअघि बीबीसीको साझा सवालकी प्रस्तोता बिद्या चापागाईसँगको मुटु नै चिर्ने संवादले धेरैलाई रूवाएकी सिन्धुपाल्चोककी उजेलीसँग आज विद्याजी सहित फोटो खिच्ने मौका मिल्यो।सो कार्यक्रम
परोपकारी पत्रकारिताको एउटा राम्रो उदाहरण थियो। उक्त कार्यक्रमपछि काठमाण्डू तिन्चुल्हेस्थित जिनेसिस स्कूलले उजेलीलाई निशुल्क पढाइरहेको छ भने उनको काठमाण्डूमा खानेबस्ने खर्च एउटा अस्ट्रेलियन परोपकारी संस्थाले गरिरहेको छ। उनी अहिले कक्षा पाँचमा पढ्दैछिन्। भन्थिन्: उताभन्दा धेरै गार्हो हुने रहेछ। मैले भने: तपाईै त १५ वर्षकी मात्र हुनुभयो। एमालेकी असल, आँटिली र प्रेरणादायी नेत्री शान्ता चौधरीले त ३० वर्ष काटेपछि ‘क, ख’ सिकेर अहिले ३६ वर्षको उमेरमा कक्षा ९ मा पढ्दैछिन्, चर्चित किताव लेखेकी छिन्, कस्ताकस्ता राम्रा काम र कुरा गरेर हिँड्छिन्। त्यसैले आँट, उत्साह र मेहनत नछोड्नुहोला। उनीसँग फोटो खिच्न पाएकोमा दङ्ग छु । (रविन्द्र मिश्रको फेसबुकबाट) -नयांबाटोबाट साभार
६ महिना अगाडी साझा सवाल कार्यक्रम मा धेरैलाई रूवाएकी सिन्धुपाल्चोककी उजेली Reviewed by Google Girl on 10:06:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.