Top Ad unit 728 × 90

News
News

जापानले काठमाडौँ–नौबिसे सुरुङ मार्ग बनाउन एक अर्ब ८३ करोड सहयोग गर्ने

काठमाडौँ: जापान सरकारले नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सवको अवसर पारेर दुई भिन्न परियोजना कार्यान्वयन गर्न नेपाललाई एक अर्ब ८३ करोड २० लाख अनुदान सहयोग उपलब्ध गराउने भएको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरा र द्विपक्षीय दौंत्य सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सव समारोहमा भाग लिन नेपालको तीनदिने औपचारिक भ्रमणमा रहेका जापानका विदेश राज्यमन्त्री नोबु किसाइको उपस्थितिमा अनुदान सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।
अर्थ मन्त्रालयमा बुधबार आयोजित विशेष समारोहमा नेपालका लागि जापानका राजदूत मासासी ओगावा र अर्थ मन्त्रलायका सचिव लोकदर्शन रेग्मीले नेपालका प्रमुख विमानस्थलको हवाई सुरक्षा सुधार परियोजनासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित आठवटा विमानस्थलमा हवाई सुरक्षा सुधार परियोजना कार्यान्वयन गर्न जापानले एक अर्ब ५१ करोड ८० लाख उपलब्ध गराउने छ । त्यसैगरी, विद्यालय क्षेत्र विकास कार्यक्रम कार्यान्वयन गर्न जापानले ३१ करोड ३० लाख अनुदानस्वरुप प्रदान गर्नेछ । अनुदानसम्बन्धी सम्झौतापत्रमा यहाँस्थित जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का प्रमुख जुन साकुमा र अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख वैकुण्ठ अर्यालले हस्ताक्षर गरेका छन् । राजदूत ओगावाले नेपालको विकास प्रयासमा जापानले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे भने सचिव रेग्मीले नेपालको सामाजिक–आर्थिक उन्नयनका निम्ति जापानले गरेको योगदानप्रति आभार प्रकट गरेका छन् । प्रधानमन्त्री ‘प्रचण्ड’ र नोबु किसिबीच भेटवार्ता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार जापानका परराष्ट्र राज्यमन्त्री नोबु किसिलाई भेट गरेका छन्। प्रधानमन्त्री कार्यालय शिंहदरवारमा भएको भेटमा प्रधानमन्त्रीले लामो समयदेखि जापान नेपालको विकासको प्रमुख सहयोगी रहँदै आएको र नेपालको दुःख सुखमा सधै जापानको साथ रहेको भन्दै दुई देशको सम्बन्धलाई अझै फराकिलो र थप सुमधुर बनाउन प्रयत्नशील रहने बताएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्रीले नेपाल जापानको दौत्य सम्वन्ध सुमधुर ढंगले साठी बर्ष पुगेको बताउँदै जापानको तर्फवाट प्राप्त सहयोग र सद्भावप्रति धन्यवाद व्यक्त गर्दै नेपाल राजनीतिक परिवर्तनपछि आर्थिक परिवर्तनका दिशामा अघि बढेकाले आगामी दिनमा पनि जापानको निरन्तर सहयोग र सद्भाव रहने विश्वास व्यक्त गरे । जापानका राज्यमन्त्री नोबु किसिले नेपालले संविधान घोषणा गरेकोमा बधाई ज्ञापन गर्दै संविधान कार्यान्वयन, शान्ति प्रक्रिया, पुनःनिर्माण र समृद्धिका लागि प्रधानमन्त्रीले अघि बढाएको कार्ययोजनाको प्रशंसा गर्दै नेपालको हितप्रति जापानको साथ र सहयोग रहने बताए । भेटका अवसरमा राज्यमन्त्री नोबु किसिले काठमाडौं नौबिसे सुरुङ मार्ग निर्माणका लागि सहयोग गर्न प्रधानमन्त्रीले राख्नु भएको प्रस्ताव प्रति समर्थन जनाएका छन् । सुरुङ मार्ग निर्माणका लागि जापानको तर्फबाट १८ बिलियन नेपाली रुपैयाा बराबरको सहयोग दिलाउने प्रक्रिया अघि बढाउने प्रतिबद्धा जोनु किसिले गरेका छन् ।
जापानले काठमाडौँ–नौबिसे सुरुङ मार्ग बनाउन एक अर्ब ८३ करोड सहयोग गर्ने Reviewed by Google Girl on 4:37:00 AM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.