Top Ad unit 728 × 90

News
News

त्रिशूली नदीमा बस खस्दा मृत्यु भएका २२ जनाकै सनाखत ,नामावली सहित हेर्नुहोस को को परे त दुर्घटना मा ?

चितवन, ११ भदौ । नारायणगढ–मुग्लिन सडकखण्डको चितवनको चण्डिभञ्ज्याङ गाविस–६ कालीखोला नजिकैबाट शुक्रबार बिहान त्रिशूली नदीमा बस खस्दा मृत्यु भएका २२ जनाकै सनाखत भएको छ । सनाखत भएका सबै शव परिवारले बुझेर लगेका छन् । घटनामा घाइते भएका १६ जनाको भरतपुरको दुई मेडिकल कलेजमा उपचार भइरहेको छ ।दुर्घटनामा मृत्यु भएकाहरुमध्ये हिजो साँझ ७ बजेसम्म
१८ जनाको सनाखत भएको थियो । बाँकी चारजनाको पनि आज सनाखत भएको छ । उनीहरुमा रौतहट झुनखुनुवा पत्थरा–३ का ३४ वर्षीय गणेश साह, रौतहटकै बन्जरा–३ की ४१ वर्षीया तुलसाकुमारी सिंह, रौतहटकै १४ वर्षीय कन्चन साह र भारत विहार शिवहर जिल्लाका ११ वर्षीय सन्दिप भगत रहेका छन् । घटनामा परी चारजना बेपत्ता भएको अनुमान गरिएको छ । उनीहरुको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । रौतहटको गौरबाट पोखराका लागि बिहीबार साँझ छुटेको ग १ ख ३७०९ नम्बरको बस दुर्घटनामा परेको थियो । 

नौजना बेपत्ता भन्दै निवेदन यसैबीच, बाइसजनाको मृत्यु हुनेगरी भएको चितवन कालिखोला बस दुर्घटनामा नौजना बेपत्ता भएको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनमा निवेदन परेको छ । प्रहरीले दिएको जानकारीअनुसार सोही गाडीमा सवार आफ्ना आफन्त हराइरहेको भन्दै खोजीका लागि प्रहरीमा निवेदन परेको चितवनका प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिनुभयो ।
चारजना बेपत्ता भएको प्रहरीको रेकर्डमा भएपनि अहिले नौजना बेपत्ता भन्दै निवेदन परेकाले खोजी जारी रहेको उहाँले बताउनुभयो । बेपत्तामध्ये सातजना रौतहटका छन् । एकजना भारतका र एकजना सर्लाहीका रहेका छन् । गाडीको चलानीमा भने उनीहरूको नाम उल्लेख नभएको प्रहरीले जनाएको छ । बेपत्ता भएको भनिएकामा रौतहटका शम्भु यादव, दिपेन्द्र शाह, रामबालक जयसवाल, मुकेश राम, ललनकुमार कलवार, विश्वनाथ शाह, रञ्जन यादव, सर्लाहीका राजेश सिंह तथा भारत रक्सौलका राकेश गुप्ता बेपत्ता भएको भन्दै निवेदन परेको प्रहरीले जनाएको छ ।
त्रिशूली नदीमा बस खस्दा मृत्यु भएका २२ जनाकै सनाखत ,नामावली सहित हेर्नुहोस को को परे त दुर्घटना मा ? Reviewed by Google Girl on 1:44:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.