Top Ad unit 728 × 90

News
News

रिजल्ट प्रकाशित "एसएलसी पूरक परीक्षाको नतिजा सार्वजनिक

भक्तपुर, १५ भदौ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले आज साँझ प्रवेशिका (एसएलसी) पूरक अर्थात् स्तरवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ । कार्यालयमा बसेको बोर्ड बैठकको निर्णयानुसार नतिजा सार्वजनिक गर्दै परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले ६७ हजार ३३ जना परीक्षार्थीको स्तरवृद्धि भएको जानकारी दिए। ४० जनाको नतिजा भने स्थगित गरिएको छ । परीक्षामा ३१ हजार ३६५ जना छात्र र ३५ हजार ७०८ जना छात्रा गरी ६७ हजार ७३ जना परीक्षार्थी सहभागी भएका थिए । एसएलसी परीक्षामा बढीमा दुई विषयसम्म सैद्धान्तिकतर्फ ‘डि’ र ‘ई’ ग्रेड ल्याउने नियमिततर्फ एक लाख आठ हजार ३२६ जना र आंशिकतर्फ ३९ हजार २५७ जना गरी कुल एक लाख ४७ हजार ५८३ जना सहभागी हुनुपर्नेमा कम विद्यार्थी मात्रै सहभागी भएका थिए । कार्यालयले परीक्षा गत साउन १४ गतेदेखि २१ गतेसम्म सञ्चालन गरेको थियो । रासस
रिजल्ट प्रकाशित "एसएलसी पूरक परीक्षाको नतिजा सार्वजनिक Reviewed by Google Girl on 2:16:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.