Top Ad unit 728 × 90

News
News

विश्वकै ठूलो परिवारका भएर वर्ल्ड रेकर्ड ,जसको ३९ पत्नी, ९४ छोराछोरी, ३३ नातिनातिनी छन् ...पुरा पढ्नुहोस !!

मिजोरम / एउटा परिवारमा कति सदस्य होलान् ! अहिलेको समयमा एउटा परिवारमा सरदर ५/६ जना सदस्य हुन्छन् । तर भारतमा एउटा यस्तो परिवार छ, जसको सदस्य औंलामा गन्न मुस्किल पर्छ । यो परिवारलाई विश्वकै ठूलो परिवारका रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा अंकित गरिएको छ । कुल १८१ सदस्य संख्या रहेको यो परिवारका मुखिया जियोना चाना हुन् । उनका ३९ पत्नी छन् । त्यस्तै ९४ छोराछोरी, १४ बुहारी र ३३ नातिनातिनी उनको परिवारका सदस्य छन् ।
भारतको मिजोरमस्थित बख्तवाङ्गमा बसोबास गर्दै आएको यो परिवार एउटै घरमा एउटै भान्छा प्रयोग गर्दै आएको छ । सय कोठा भएको चार तले घर यो परिवारले ढाकिएको छ । जियोनाको पहिलो विवाह सन् १९५९ मा भएको हो । उनको पछिल्लो विवाह भने सन् २००४ मा भएको थियो । यो परिवारको पेट भर्नका लागि दैनिक एक सय ३० किलो अन्न र तरकारी पाक्ने गर्दछ । मासुका लागि यो परिवारलाई एक छाकमा ३० देखि ४० वटा कुखुरा चाहिने गर्दछ । जियोनाका सबै पत्नी आज्ञाकारी छन् र आपसमा मिलेर बस्दै आएका छन् । (एजेन्सी)
विश्वकै ठूलो परिवारका भएर वर्ल्ड रेकर्ड ,जसको ३९ पत्नी, ९४ छोराछोरी, ३३ नातिनातिनी छन् ...पुरा पढ्नुहोस !! Reviewed by Google Girl on 6:04:00 AM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.