Top Ad unit 728 × 90

News
News

मोरङको पथरी शनिश्चरेमा दुई साताको अबधिमा ३ जनाको हत्या

माेरङ । मोरङको पथरीशनिश्चरेमा दुई साताको अबधिमा ३ जनाको हत्या भएपछि यतिबेला सिंगो बजार आतंकित बनेको छ । श्रृखलाबद्ध रुपमा भएका हत्याका घटनाले सो क्षेत्रको सुरक्षा अबस्था कति कमजोर छ भन्ने कुराको समेत पुष्टि गरेको छ । घटना १ः साउन २९ गते पथरीशनिश्चरे–१० शनिश्चरेचोकमा नगर विकास समिति पथरीशनिश्चरेका अध्यक्ष पर्शु कार्कीकी बुहारी समिक्षा कार्कीको हत्या भयो । पथरीशनिश्चरे–११ का ३१ वर्षिय दिलिप भनिने मानबहादुर घतानीले धारीलो हतियार प्रहार गरी समिक्षाको हत्या गरेका थिए । २१ वर्षिया समिक्षाको देब्रे कोखमा धारिलो हतियार प्रहार गरिएको थियो । सिकिस्त भएकी समिक्षालाई उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो । नसालू पदार्थ र झारमार्ने विष सेवन गरी मानबहादुरले कार्कीको हत्या गरेको प्रहरीले बताएको छ । उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पु¥याइएका मानबहादुरको अहिलेसम्म होस नखुलेको प्रहरीको भनाई छ ।
घटना २ः कार्कीको हत्या भएको दुई दिनपछि वडा नम्बर १० मै ४६ वर्षिय विनोद परियारले आप्mनी श्रीमतीलाई कैची प्रहार गरी हत्या गरे । परियार दम्पत्तिबीच विवाद हुँदा ३७ वर्षिया कल्पनालाई उनका श्रीमान् विनोदले टाउकोमा कैची प्रहार गरेका थिए । कैँचीले टाउकोमा प्रहार गर्दा सिकिस्त भएकी कल्पनाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । घटना ३ : भदौ ८ गते बुधबार पथरी शनिश्चरे– ८ स्थित सिरिजङ्गा धार्मिक वनभित्र हत्या गरिएको अवस्थामा एक व्यक्तिको शव फेला परेको छ । पथरी शनिश्चरे – १ घर भएका ३५ वर्षीय गोविन्द दर्नाललाई खुकुरी प्रहार गरेर हत्या गरी फालेको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक रमेश बस्नेतले जानकारी दिएका छन । उनको हत्या बारे थप पुष्टि भईसकेको छैन । यी त पछिल्लो समय भएका हत्याका घटना मात्र हुन । सो क्षेत्रमा दैनिक अपहरण,लुटपाट,चोरी लगायतका घटनामा बृद्धि भएको छ । चौविसै घण्टा चोक–चोकमा प्रहरी घुमिरहेका देखिन्छन्, प्रहरी चौकी र शसस्त्र प्रहरी बेस क्याम्प दुई सय मिटरको दूरीमा छन् तर प्रहरीको नाकै मुनी यस्ता घटना दोहोरिरहेका छन् । आतंकका अगाडि हाम्रो समाज निरिह छ ।

सिंगो देशको शान्ति, सुरक्षाको अवस्था दयनीय छ । शान्ति, सुरक्षा कस्तो छ भन्ने कुरा यी दुई हत्याले प्रष्ट पार्छ । पथरीशनिश्चरेजस्तो तुलनात्मक रुपमा शान्तिपूर्ण नगरीमा भएका यस्ता शृङ्खलाबद्ध हत्याका घटनाले सुरक्षित छैन भन्ने कुरा देखाएको छ । साउन २३ गते बिद्यालयबाट घर फर्किरहेकी भारत, बिहार, कटिहार कुरसेलाकी नौ वर्षीया बालिकालाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले पथरीबाट अपहरण मुक्त ग¥यो । केही दिनअघि पथरीशनिश्चरे ५ कि महिला विहान चार बजे पिसाव गर्न घर बाहिर निस्किदा दुवै कानमा लगाएको सुन लुटियो । कानको दुईवटै लोती चुटिएकोले उनको उपचार भइरहेको छ । नगरमै साँझ, बिहान अब महिलालाई घरबाहिर हिँड्न त्रास छ । यतिका घटना भईरहँदा पनि प्रहरी गम्भीर नभएको स्थानीयको आरोप छ । विभत्सपूर्ण रुपमा भएका यी हत्याले यति बेला पथरीशनिश्चरेलाई आतंकको सहरमा परिणत गरेको छ । केही हत्यारालाई प्रहरीले पक्राउ त गरेको छ तर सर्वसाधारण र मृतकका परिवार सन्तुष्ट हुन सकिरहेका छैनन् । प्रहरी प्रशासन जहिले पनि शान्ति, सुरक्षाको रणनीतिको दुहाइ दिएर थाक्दैन तर प्रहरीको नाकै मुनी शृङ्खलाबद्ध मान्छे मारिएको घटनाले आक्रान्त बनाएको छ । पथरीशनिश्चरे क्षेत्रमा दिनहूजसो अपराधिक गतिविधि बढ्न थालेपछि प्रहरीले सुरक्षा सतकर्ता सहित सादा पोशाकका प्रहरीहरु परिचालन गरेको इलाका प्रहरी कार्यलय पथरीका इन्स्पेक्टर रमेश बस्नेतले बताएका छन ।
मोरङको पथरी शनिश्चरेमा दुई साताको अबधिमा ३ जनाको हत्या Reviewed by Google Girl on 1:28:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.