Top Ad unit 728 × 90

News
News

युवती बेच्दै भारत पुर्याउने एक व्यक्तिलाई १० वर्ष कैद र ५० हजार जरिवाना

२ भदौ, चितवन । मानव बेचबिखन तथा ओसार पसारमा संलग्न एक व्यक्तिलाई चितवन जिल्ला अदालतले दश वर्ष कैद र पचास हजार रुपैयाँ जरिवाना फैसला गरेको छ ।गएको जेठ १३ गते वैदेशिक रोजगारीमा कुवेत पठाइदिने भनि झुक्याई बेचबिखनको लागि भारततर्फ लगेको अवस्थामा पक्राउ परेको सिन्धुपाल्चोक बराम्ची गाविस ६ बस्ने वर्ष ३६ का आकल तामाङलाई दश वर्ष कैद र पचास हजार रुपैयाँ जरिवाना गरेको हो । न्यायाधीश नारायण सुवेदी एकल इजलासले उक्त फैसला गरेको जिल्ला अदालत कार्यालय चितवनले जनाएको छ । मध्यपुर ठिमीमा गलैंचा कारखानामा काम गर्ने क्रममा चिनजान भएकी एक युवतीलाई एक रुपैयाँ खर्च नगरी बैदेशिक रोजगारीको लागि कुवेतमा पठाइदिन्छु र राम्रो कमाई हुन्छ भनेर भारत तर्फ बेच्न लगेको तामाङले स्वीकार गरेका छन् । मानव बेचबिखन तथा ओसार पसार कार्य रोकथाममा सक्रिय साना हातहरु नेपाल नामक संस्थाका प्रतिनिधि र ड्उटीमा खटिएका प्रहरी कर्मचारी समेतले जाँच गर्दा उनलाई पक्राउ गरिएको थियो ।
युवती बेच्दै भारत पुर्याउने एक व्यक्तिलाई १० वर्ष कैद र ५० हजार जरिवाना Reviewed by Google Girl on 3:51:00 AM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.