Top Ad unit 728 × 90

News
News

इजराइलमा कामदारहरुको लागि यही नोबेम्बर १ देखी नयाँ नियम लागु

इजरायल सरकारद्वारा केयरगिभर क्षेत्र काम गरिरहेका कामदारहरुले बितवाख मार्फत पाउने पेन्सन र सेभरेन्स रकम अब आउदो नोबेम्बर १ देखि राष्ट्रीयकोष बनाइ नियमअनुसार कर कट्टा गरेपछि मात्र बितरण गरिने भएको छ ।इजरायलमा रहेका विदेशी कामदारहरुको हक हित र अधिकारका लागि समर्पित संस्था “काभला ओभेद “ले एक सुचना मार्फत जानकारी गराए अनुसार इजरायलमा कार्यरत
केयरगिभरहरु जस्ले बितुआख एजेन्सी र रोजगारदाता दुबैबाट आफ्नो तलब भत्ता लिदै आउनु भएको छ, यो नियम उहाँहरुलाइ मात्र लागु हुने कुरा पनि जनाइएको छ । वितुआख मार्फत आंशिक तलब प्राप्त नगरी सम्पूर्ण तलब रोजगारदातामार्फत बुझ्दै आएका केयरगिभरको हकमा यो नियम लागु हुदैन । आउदो नोभेम्बर एक देखि सुरु हुनेगरी आएको यो नया नियममा केयरगिभरले आफ्नो बसाइको अन्तिम काम पछि घर फर्कने समयमा मात्र सो रकम प्राप्त गर्नेछन । अहिले सम्म सो रकम वितुआख मार्फत दिइदै आएकोमा अब नोभेम्बर एक उपरान्त इजरायली सरकारको निरीक्षणमा राष्ट्रीय कोष मार्फत दिइने र सो रकम पाउन अन्तिम काम गरेको साठी दिन भित्र इजरायल छोडेको हुनुपर्ने समेत जानकारी गराइएको छ । यदी दुई महिनाको सो अवधि काटेर ओभर स्टे भएमा पाउने रकम मा १५% देखि १००% सम्म जरिवाना कर लगाइने नियम बनाइएको छ । यो नियम नोभेम्बर एक २०१६ पछि मात्र लागु हुने हुँदा त्यसबेला (अक्टोबर ३१ २०१६ ) सम्म इम्प्लोयर मरेका वा पेन्सन र सेभरेन्स रकम प्राप्त गर्नु पर्ने अवस्थामा रहेका केयरगिभर हरुले साविक बमोजिम सम्पुर्ण पाउनु पर्ने रकम कामदारले पाउनु हुनेछ ।
इजराइलमा कामदारहरुको लागि यही नोबेम्बर १ देखी नयाँ नियम लागु Reviewed by Google Girl on 1:09:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.