Top Ad unit 728 × 90

News
News

प्रचण्ड पुत्र प्रकाशको सबैको मुख बुझो लगाउने जवाफ यस्तो..

मेरो नाम प्रकाश दाहाल हो । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको सदस्य । नयाँ परिचय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयको सदस्य । यसबाहेकका अन्य परिचय गौण हुन् । मेरा व्यक्तिगत सम्बन्धका आधारहरु यी परिचयका अगाडी गौण हुन् । म माओवादीको निरन्तर लडिरहने एउटा योद्धा हुँ । यी प्राथमिक परिचयबाहेक जोडिएका अन्य परिचय मेरा लागि गौण हुन् तर पुरै समाजले त्यसलाई प्रधान परिचय र मेरा संघर्षका मैदानहरुमा दिएको योगदानलाई माध्यमिक परिचयका रुपमा अपव्याख्या
गरिरहेका छन् । हो, म पुष्पकमल दाहालको छोरा हुँ । तर, म प्रचण्डको एउटा लडाकू र कार्यकर्ता हुँ । म पुष्पकमल दाहाललाई बुवाका रुपमा अगाडी उभ्याउँछु, प्रचण्डका अघि नेकपा माओवादी केन्द्रको एउटा सदस्यका रुपमा उभिएको हुन्छु । समयचक्रका कारण म अध्यक्षको वरिपरि नै धेरै नै खटिएको थिएँ । जतिबेला अध्यक्ष प्रचण्डलाई राज्य र अन्तर्राष्ट्रिय जगतले पनि रेडकर्नर नोटिस जारी राखेको थियो त्यसबेला उहाँको सुरक्षा अंगका रुपमा मैले लामो समय काम गरेको छु । उकाली ओराली, भन्ज्याङ चौतारी र विभिन्न युद्धमा मेरो उहाँसँग निरन्तर सहयात्रा छ । हाम्रा लागि संविधानसभा, परिवर्तन हरेक जाती, वर्ग र समुदायको राजनीतिक उत्थान प्रधान हुँदाको लडाइ प्रधान हो । हामी युद्धकालमा पनि यहि लडाइमा निरन्तर लागिरहेको थियौं, जसका केही उपलव्धि भए त्यसको संस्थागत काम गर्नका लागि अहिले पनि लागिरहेका छौं । नेकपा माओवादी केन्द्रको एउटा साधारण योद्धाका रुपमा म यी सवै कुरा गरिरहेको छु । मलाई लाग्ने गरेको आक्षेपका पछाडी म दौडन चहान्न । तर, यी आक्षेपहरु कुन नियतका आधारमा लागिरहेका छन् भन्ने कुरामा मेरो दृष्टि छैन भन्नेचाहीँ होइन । त्यसकाविरुद्धमा मेरा प्रतित्रियाहरु मात्रै नआएका हुन् । शान्ति प्रक्रिया हुँदै नेपाली सरल राजनीति, मुल राजनीतिको केन्द्रविन्दुमा आएपछि प्रचण्डलाई प्रहार गर्ने योजनाका आधारमा अनेक कोणबाट मेरो नाममा नकारात्मक टिप्पणी हुन थाल्यो । स्मरण होस्, हामी पनि चन्द्रमाबाट झरेका एलियन होइन, साधारण परिवारका मान्छे हौं जो सँधै साधारणको अधिकारका लागि निरन्तर लडिरहेको थियो । यसमा मेरो नाम जोडेर प्रचण्डमाथि किन प्रहार रु अथवा प्रचण्डको नाममा ममाथि किन प्रहार रु जीवनको एउटा उर्जाशिल समयमा मलाई आक्षेप लगाउने साथीहरुले राजनीतिक मुनाफा लिएर वा अन्य अवसरको उपभोग जसरी गरिरहेका थिए, म युद्धको मैदानमा थिएँ । हज्जारौं सहादत पाएका योद्धाहरुको भिडमा बन्दुक बोकेर राज्य र तानाशाहीविरुद्धको अभियानमा सक्रिय भएको थिएँ । यसको नजरअन्दाज गरी प्रकाश दाहालको परिचय पुष्पकमल दाहाल प्रचण्डको छोराका रुपमा मात्र गरिन थालियो । हो, म प्रचण्डको छोरा अवश्य हुँ । तर, त्यसबाहेक म माओवादीको निरन्तर सहयात्रामा जनयुद्धकालदेखि लागेको योद्धा पनि हुँ । मैले जतिबेला बन्दुक बोकेर जीवनलाई मृत्युको धारमा हिँडाएको थिएँ । त्यसबेला कोही कसैले प्रचण्ड वा प्रकाशको जीवनबारेको चर्चा गहन रुपमा गरेन । तर, यो परिवेशमाथि मेरो केही विरोध वा समर्थन छैन । समाजको व्याख्या गर्ने एउटा दृष्टि हुन्छ । मान्छेका व्यक्तिगत कुरामा कहिले सही र कहिले गलत हुन सकिन्छ । समाजको हेर्ने दृष्टिकोण र मान्छेको जीवनको दृष्टि फरक हुनसक्छ । त्यसमा प्रत्येक व्यक्तिका प्रश्नको उत्तर दिँदै वा खण्डन गर्दै हिँड्न सकिन्न । मैले त्यसो गर्नु पनि आवश्यक ठानिन तर यसको अर्थ यो होइन कि मेरो बारेमा हुने अनेक टिप्पणीसँग म जानकार छैन । म जानकार छु रत भन्दैछु– बुवा प्रधानमन्त्री बन्नु उहाँको राजनीतिक जवनको चक्रले दिएको अवसर भएझैं म त्यो सचिवालयमा उहाँको छोराका हिसावले होइन, सहयोद्धाका हिसावले भएको हुँ । मेरो विषयमा विभिन्न टिकाटिप्पणी गरी सामाजिक सञ्जाल र चियापसलहरु फोहोर बनाउने साथीहरुलाई एउटै प्रश्न छ– परिवर्तनका लागि हामी मर्न तयार हुँदा, म बन्दुक बोकेर हिँड्दा कहाँ थियौ साथी रु परिवर्तन यत्तिकै भएको होइन, परिवर्तनका लागि मृत्युलाई अँगालेर हिँड्न सक्नुपर्छ । अवसरसँग बाह्रैकाल नजिक हुने तर जब संघर्ष गरेकाहरुले काम गर्ने मौका आउँछ त्यसबेला वाइयात कुरामा अल्झिने साथीहरुले तथ्यलाई केलाएर अघि बढ्नुहुनेछ भन्ने अझै विश्वास लिएको छु । मुलुक निर्माणका लागि जसले जहाँ जसरी टिप्पणी गरिरहेपनि मेरा यात्राहरु निरन्तर अध्यक्षको सहयोगमा अघि बढ्नेछ भन्नेमा शंका छैन । यसर्थ, मेरा विरोधमा अक्षरहरुको थुप्रो लगाउनेहरुसँग गुनासो गर्नुको साटो सुझाव दिन्छु– ति फगत शव्दहरुको थुप्रो सृजनात्मक कामका लागि उपयोग गरे कसो होला ? जनप्रहार साप्ताहिकबाट साभार गरिएको- सम्पादक
प्रचण्ड पुत्र प्रकाशको सबैको मुख बुझो लगाउने जवाफ यस्तो.. Reviewed by Google Girl on 1:23:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.