यसो भन्छन प्रत्यक्षदर्शी गोविन्द प्रसाद ढकाल :दुर्घटना ग्रस्त बिमानको बारे मा
काठमाडौं : सम्पर्कबिहिन रहेको फिस्टेल एयरको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको पुष्टि भएको छ।
सम्पर्कबिहिन भएको हेलिकोप्टर नुवाकोटको मदनपुर पाखुरेमा दुर्घटनाग्रस्त भएको स्थानीय प्रशासनले जनाएको छ। गोरखाबाट सुत्केरी लिएर काठमाडौं आउँदै गरेको अवस्थामा सम्पर्कबिहिन भएको थियो।
मदनपुर पाखुरेनजिकैको डाँडामा ठोक्किएपछि आगो लागेको स्थानीयले बताएका छन्। बादलभित्र छिरेपछि निस्कने क्रममा डाँडामा ठोक्किएको बताइएको छ। गोरखाको सिर्दिबास ८ बाट दिउँसो १२:१० मा उडेको हेलिकोप्टर १२:४० सम्पर्कविच्छेद भएको जानकारी फिस्टेल एयरका रमेश शिवाकोटीले अन्नपूर्ण अनलाइनलाई दिए। हेलिकोप्टरमा २२ वर्षीया सुत्केरी प्रिति गुरुङ, उनको चार दिनको नबजात सिशु र सासुससुरासहित परिवारका अन्य सदस्य थिए। हेलिकोप्टरमा प्रीतिका ससुरा जीतमान गुरुङ, सासु सुपानी गुरुङ, बिरामीकी आफन्त लक्ष्मी गुरुङ, हेल्थपोस्टमा काम गर्ने निशा तामाङ रहेका छन्। विमान चालक रंजन लिम्बु रहेका छन्। हेलिकोप्टरमा चालक र बिरामीसहित पाँचजना सवार थिए। उद्धारका लागि फिस्टेलले अर्को हेलिकोप्टर पठाएको छ। नुवाकोटका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद पोखरेलले हेलिकोप्टर दुर्घटना भएको जानकारी प्राप्त भएको र सुरक्षाकर्मीसहितको टोली घट्नास्थलतर्फ प्रस्थान गरिसकेको अन्नपूर्ण अनलाइनसँग बताए । प्रत्यक्षदर्शी स्थानीय गोविन्द प्रसाद ढकालले हेलिकोप्टर अस्वभाविभक तरिकाले आकाशमा हल्लिएको देखेको बताए । केहीबेरमै भीरमा ठोक्किएर आवाज र ढुँवा आएको देखेपछि तत्काल प्रहरीलाई खबर गरेको जानकारी दिए । प्रत्यक्षदर्शी स्थानीय गोविन्द प्रसाद ढकालले हेलिकोप्टर अस्वभाविभक तरिकाले आकाशमा हल्लिएको र केहीबेरमै भीरमा ठोक्किएर ठूलो आवाज निस्केको बताएका छन्। उनले नुवाकोटस्थित हाम्रा संवाददाता देवचन्द्र भट्टसँग भने, आकाशमा हेलिकोप्टर तलमाथि गरेर हल्लिएको देखियो। एकछिनमै भयानक आवाज आयो र हेर्दा धुँवा आइरहेको थियो।

Reviewed by Google Girl
on
3:56:00 AM
Rating:
No comments: