Top Ad unit 728 × 90

News
News

यसपालीको तीजमा महिला हरु ‘आइ ब्रो’ अर्थात आँखि भौंमा ध्यान

८ भदौ, काठमाडौं । तीज नजिकिदै जादाँ महिलाहरुमा फेशनप्रतिको मोह पनि बढ्दै गएको छ । फेशनमा पहिरनमात्र नभएर शृङगारपनि समावेश हुन्छ । यदि तपाईंको पहिरन ठीक छ तर मेकअप ठीक छैन भने त्यसले तपाईंको फेशनलाई अपुरो राख्दछ । त्यसैले यस पटकको तीजमा यदि तपाईं समयसापेक्ष फेशन गर्न चाहनुहुन्छ भने सबैभन्दा पहिले आˆनो ‘आइ ब्रो’ अर्थात आँखि भौंमा ध्यान दिनुहोस् । किनकी अहिले बजारमा आइ ब्रोको मेकअप गर्ने चलन सुरु भएको छ ।
आइ ब्रो अनुहारको महत्वपूर्ण भाग हो । आइ ब्रोलाई बेलाबेलामा मिलाएको खण्डमा यसले तपाईको अनुहारको सान्दर्यतालाई अझ बढाउने गर्छ । त्यस्तै, आइ ब्रोले तपाईको अनुहारलाई निश्चित आकार प्रदान गरी अनुसारलाई आर्कषक बनाउँछ । पहिले पहिले बजारमा पालतो आइ ब्रो बनाउने चलन थियो । तर केही समय यता टिनेजर्स देखि उमेर गुज्रदै गएका महिलाहरुले समेत अहिले मोटो आई ब्रो बनाउन थालेका छन् । अझ आइ ब्रोलाईर् मोटो तथा बाक्लो देखाउन बजारमा आई ब्रो जेल ९न्भ ०िवा पाउडर बेस्ड जेल नै पनि किन्न पाइन्छ । त्यस्तै, खैरो तथा कालो रंगको पेन्सिल कलर समेत किन्न पाइन्छ । त्यस्ता जेल बजारमा विभिन्न सेेडमा उपलब्ध छन् । त्यस्ता जेलले सेड बनाउँदा आइ ब्रो को कलर चाँडै उड्दैन र लामो समयसम्म आइ ब्रो लाई टिकाइराख्छ । यो मेकअप जो कोहीले घरैमा बसेर गर्न सक्छ । त्यसको लागि पहिले आइ ब्रो लाई कोरेर त्यसमा ‘आइ ब्रो जेल’ वा पेन्सिल कलर लगाउदा उचित हुन्छ । त्यसमाथि पानीले समेत असर नगर्ने वाटरप्रुफ मस्काराको हल्का प्रयोगले आइ ब्रो नेचुरल देखिनुका साथै आकर्षक तथा बाक्लो देखिन्छ । त्यसरी आइ ब्रोको मेकअप गर्दा अनुहारमा एउटा लिपिस्टिक लगाएमात्र पनि त्यसले अनुहारलाई उज्यालो तथा चम्किलो बनाउँछ ।
यसपालीको तीजमा महिला हरु ‘आइ ब्रो’ अर्थात आँखि भौंमा ध्यान Reviewed by Google Girl on 1:14:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.