गर्बावती महिला बोकेर उडेको फिस्टेल एयरको हेलिकोप्टर नुवाकोटमा दुर्घटना
२४ साउन, काठमाडौं । गोरखाबाट विरामी लिएर आएको फिस्टेल एयरको हेलिकोप्टर सोमबार नुवाकोटमा दुर्घटना भएको छ ।
फिदिमबाट विरामी लिएर उडेको नाइन एन ए के ए कल साइन भएको हेलिकोप्टर सम्पर्कविहीन भएको थियो ।
हेलिकप्टर नुवाकोटको मदानपुर ९ को जंगलमा दुर्घटना भएको पुष्टि भएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोख्रेलले बताएका छन् ।
उनले भने, ‘घटनास्थलमा अहिले प्रहरी पुगिसकेको छैन । तर, दुर्घटना भएको भन्ने करिब-करिब पुष्टि भएको छ ।’
हेलिकप्टरमा ६ जना थिए । उनीहरूको अवस्था कस्तो छ भनेर खुलिसकेको छैन ।
गर्बावती महिला बोकेर उडेको फिस्टेल एयरको हेलिकोप्टर नुवाकोटमा दुर्घटना
Reviewed by Google Girl
on
1:25:00 AM
Rating:
No comments: