Top Ad unit 728 × 90

News
News

आज फेरी माउन्टेन एयरको हेलिकोप्टर ठुलो दुर्घटना हुन बाट जोगियो ,हेलिकोप्टरमा सवार पाँच जना सकुसल

२७ साउन, नुवाकोट । गोरखाबाट काठमाडौंका लागि उडेको माउन्टेन एयरको हेलिकोप्टरको इन्जिनमा खराबी देखिएपछि नुवाकोटमा आकस्मिक अवतरण गराइएको छ ।
बिहीबार दिउँसो दुई बजे नुवाकोट जिल्लाको बुधसिंग गाविस-२ महादेवस्थानमा ‘नाइन एन एएलक्यू’ कलसाइन भएको हेलिकोप्टर आकस्मिक अवतरण भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।हेलिकोप्टरमा चालकसहित पाँच जना छन् । चालक र त्यसमा सवार यात्रुहरुको नाम भने नखुलेको प्रहरीले बतायो । उड्दा उड्दै इन्जिनमा खरावी देखिएपछि हेलिकोप्टरलाई चालकले सुरक्षित रुपमा अवतरण गराएको र अहिले मर्मत कार्य भइरहेको प्रहरीले जनाएको छ । यही साउन २४ गते गोरखाबाटै काठमाडौंका लागि उडेको फिस्टेल एयरको हेलिकोप्टर नुवाकोटको मदानपुर गाविसमा दुर्घटना हुँदा सात जनाको मृत्यु भएको थियो ।
आज फेरी माउन्टेन एयरको हेलिकोप्टर ठुलो दुर्घटना हुन बाट जोगियो ,हेलिकोप्टरमा सवार पाँच जना सकुसल Reviewed by Google Girl on 4:57:00 AM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.