Top Ad unit 728 × 90

News
News

कसरी दुर्घटना भयो ? फिस्टेल एयरको हेलिकप्टर दुर्घटना छानविन गर्न समिति गठन

काठमाडौं, २५ साउन । फिस्टेल एयरको हेलिकप्टर दुर्घटनाको छानविन गर्न सरकारले मंगलबार चार सदस्यीय दुर्घटना छानविन समिति गठन गरेको छ। तत्कालिन हवाई विभागका महानिर्देशक हरिभक्त
श्रेष्ठको अध्यक्षतामा गठित छानविन समितिमा नेपाली सेनाका प्रमुख सेनानी तथा हेलिकप्टर पाइलट सुवास थापा र सिम्रिक एयरका इन्जिनियरिङ निर्देशक विष्णु बस्न्यात सदस्य एवं संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालयका सहसचिव सुरेश आचार्य सदस्य सचिव छन्। छानविन समितिलाई काम सुरु गरेको तीन महिना भित्र प्रतिवेदन पेश गर्न भनिएको छ। सोमबार गोर्खाबाट काठमाडौं फर्कने क्रममा फिस्टेल एयरको कलसाइन ९९एन एकेए भएको हेलिकप्टर नुवाकोटमा दुर्घटनाग्रस्त हुँदा क्याप्टेन रञ्जन लिम्वुसहित सात जनाको मृत्यु भएको थियो।गोरखाबाट बिरामी लिएर काठमाडौंतर्फ जाँदै गरेको फिस्टेल एयरको हेलिकोप्टर सोमबार नुवाकोटको मदानपुर गाविसको बेतिनीभीरमा दुर्घटनाग्रस्त हुँदा चालक र एकै परिवारका चारसहित सातजनाको ज्यान गुमेको छ । उच्च भेगमा कुहिरोभित्र हेलिएर हेलिकोप्टर दुर्घटनामा परेको स्थानीय बासिन्दाले बताए । गोरखा ३ मा रहेको सिर्दिबास गाविसबाट पाँचदिने सुत्केरीको उपचारका लागि मध्याह्न १२ बजेर १० मिनेटमा उडेको हेलिकोप्टर नुवाकोटको मदानपुर ९ बेतिनीभीरमा १२ बजेर ३५ मिनेटमा दुर्घटनाग्रस्त भएको हो । सदरमुकाम विदुरदेखि ४० किलोमिटर पूर्वमा रहेको बेतिनीभीरको पहरोमा नाइन एन एके ए कलसाइनको ६ सिट क्षमताको हेलिकोप्टर दुर्घटनामा परेको हो । दुर्घटनामा अनुभवी क्याप्टेन रन्जन लिम्बू, पाँच दिनका बालक र उनको परिवारका सदस्यको निधन भएको हो ।दुर्घटनामा झापा घर भएका क्याप्टेन ३३ वर्षीय रन्जन, गोरखा सिर्दिबास गाविस २ का ५५ वर्षीय कितमान गुरुङ, उनकी पत्नी ५४ वर्षीया असनी गुरुङ, उनीहरूकी सुत्केरी बुहारी १९ वर्षीया प्रीति गुरुङ, उनका पाँच दिनका छोरा, सिर्दिबास स्वास्थ्य चौकीमा कार्यरत सुनसरी इटहरीकी २२ वर्षीया निशा तामाङ र गोरखा उहिया गाविस खोलाबेसीकी २८ वर्षीया लक्ष्मी गुरुङको निधन भएको घटनास्थलमा पुगेका नुवाकोटका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलले बताए ।
कसरी दुर्घटना भयो ? फिस्टेल एयरको हेलिकप्टर दुर्घटना छानविन गर्न समिति गठन Reviewed by Google Girl on 7:15:00 AM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.