Top Ad unit 728 × 90

News
News

आत्मघाती बम विस्फोट गराउने १२ वर्षीय बालकलाई सुरक्षाकर्मीले यसरी रोक्न सफल..हेर्नुहोस भिडियो सहित

बगदाद – बगदादतको उत्तरी भागमा रहेको किरकुकमा एक १२ वर्षीय बालकलाई आत्मघाती विस्फोट गराउनबाट सुरक्षाकर्मीले रोक्न सफल भएको भिडियो सार्वजनिक भएको छ । करिब १२–१३ वर्षका ती
बालकले आफ्नो शरीरमा विस्फोटक बाँधिएको ‘सुसाइड भेस्ट’ लगाएका थिए । तर, उनले त्यसलाई विस्फोट गराउनुभन्दा पहिले नै सुरक्षाकर्मीले पक्राउ गर्न सफल भएका छन् । लियोनेल मेस्सीको बार्सिलोनाको जर्सी लगाएका ती बालक पक्राउ परेपछि रुँदै गरेको देख्न सकिन्छ । पछिल्लो समय इस्लामिक स्टेटले बालबालिकाहरुलाई आत्मघाती विस्फोटका लागि प्रयोग गर्न थालेका छन् । यो घटनाको २४ घण्टाअघि मात्र बालकलाई प्रयोग गरेर टर्कीमा भएको आत्मघाती हमलामा कम्तिमा ५१ जनाको निधन भएको थियो ।एक विवाह समारोहमा बम विस्फोट गराउने व्यक्ति १२ देखि १४ वर्षको बालक रहेको टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले जानकारी दिएका छन् । हत्याकाण्डपछि आइतबार स्तानबुलमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रारम्भिक सूचनाअनुसार यो बम विस्फोटमा संलग्न एक बालक रहेको र उसको उमेर १२ देखि १४ वर्षको रहेको पाइएको बताए ।
आत्मघाती बम विस्फोट गराउने १२ वर्षीय बालकलाई सुरक्षाकर्मीले यसरी रोक्न सफल..हेर्नुहोस भिडियो सहित Reviewed by Google Girl on 10:23:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.