Top Ad unit 728 × 90

News
News

एउटा एम्बुलेन्ससमेत सहयोग नपाएर मृत पत्नीको शव काँधमा बोकेर १२ किलोमिटर पैदल यात्रा हिडेको दाना माझीलाई बहराइनका प्रधानमन्त्री गरे सहयोग

बहराइनका प्रधानमन्त्री प्रिन्स खालिफा बिन सलमान अल खालिफाले उडिसाका गरीव आदिवासी दाना माझीलाई आर्थिक सहयोग गरेका छन् ।गल्फ डिजिटल न्युजका अनुसार प्रिन्स खालिफाले जव सञ्चारमाध्यम मार्फत दाना माझीको बारेमा पढे तव उनलाई निक्कै पीडाबोध भयो ।
दाना माझी अहिले भारतीयमात्र नभएर विश्वभरका सञ्चारमाध्यमको प्रमुख हेडलाइन बनेका छन् किनभने उनले एउटा एम्बुलेन्ससमेत सहयोग नपाएर मृत पत्नीको शव काँधमा बोकेर १२ किलोमिटर पैदल यात्रा गर्नुपर्‍यो । समाचारका अनुसार प्रिन्स खालिफाका सहयोगीले भारतस्थित बहराइनको दूतावासमा फोन गरी केही रकम दाना माझीलाई सहयोग गरेका हुन् ।उनको अवस्थाबारे जानकारी पाएर भारतमा पनि कतैबाट सहयोग नआइरहेका बेला बहराइनका राजपरिवारका सदस्यले सहयोग गरेका हुन् । खवरका अनुसार जव प्रिन्स खालिफाले यस समाचार थाहा पाए तव उनले जसरी पनि सहयोग गर्ने सोच लिएका थिए ।टिवीको उपचारका क्रममा पत्नीको मृत्यु भएपछि दाना माझीले गाउँसम्म पुर्‍याइदिन अस्पताल प्रशासनसँग अनुनय बिनय गरेका थिए । तर अस्पतालले कानमा तेल हालेपछि उनले पत्नीको शव काँधमा बोकेर ६० किलोमिटर टाढा गाउँको पैदलयात्रा सुरु गरेका थिए । १२ बर्षीया छोरीसहित उडिसाको गर्मीमा उनी र उनकी पत्नीको शवलाई १२ किलोमिटर हिडेपछि सरकारी एम्बुलेन्सले उद्धार गरेको थियो । बाटोको हिडिरहेको देखेर कसैले सरकारी अधिकारीलाई खवर गरेपछि उनको उद्धार भएको थियो । समाचार सार्वजनिक भएपछि संसारभरबाट भारतीय सरकारको आलोचना भइरहेको छ ।
एउटा एम्बुलेन्ससमेत सहयोग नपाएर मृत पत्नीको शव काँधमा बोकेर १२ किलोमिटर पैदल यात्रा हिडेको दाना माझीलाई बहराइनका प्रधानमन्त्री गरे सहयोग Reviewed by Google Girl on 1:34:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.