काभ्रे बस दुर्घटनाको घाइतेको अवस्था बुझ्न ओली अस्पताल पुगेपछि
नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले सोमबार काभ्रेमा भएको यात्रु बस दुर्घटनामा परी घाइते भएकाको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।आज वीर अस्पतालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा पुगेर उहाँले सम्बन्धित चिकित्सकसँग घाइतेको अवस्थाका बारेमा जानकारी लिई उनीहरुलाई राम्रोसँग उपचार गर्न आग्रह गर्नुभयो ।
सो अवसरमा पूर्व प्रधानमन्त्री ओलीले यातायात क्षेत्रको एकाधिकारका कारण नागरिकले अकालमै ज्यान गुमाउने अवस्था आएकाले त्यसको अन्त्य गरिनुपर्नेमा जोड दिनुभयो ।
यसअघि अध्यक्ष ओली सोही दुर्घटनामा परी घाइते भएकालाई भेट्न त्रिवि शिक्षण अस्पताललगायत अन्य अस्पतालमा पुग्नुभएको थियो । रासस
काभ्रे बस दुर्घटनाको घाइतेको अवस्था बुझ्न ओली अस्पताल पुगेपछि
Reviewed by Google Girl
on
12:21:00 PM
Rating:
No comments: