Top Ad unit 728 × 90

News
News

हार्दिक बधार्इ भोजपुरे चेली लाइ ;पाकिस्तानकाे राजदूतमा भाेजपुरे चेली नियुक्त

काठमाडाैं, भदाै ७ पाकिस्तान र जर्मनीका लागि नेपाली राजदूत नियुक्त भएका छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले राजदूत निुयक्त गरेकी हुन् । पाकिस्तानका लागि नेपाली राजदूतमा परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्साल अधिकारी र जर्मनीका लागि राजदूतमा रमेशप्रसाद खनाललाई नियुक्त भएका हुन् ।
केपी अाेली नेतृत्वकाे सरकारकाे बैशाख ७ गते बसेकाे मन्त्रिपरिषद बैठकले २१ देशका लागि राजदूत सिफारिस गरेको थियाे। लामो समय देखि २१ देशमा राजदूत रिक्त थिए। त्यतिबेला सरकारले परराष्ट्र सेवाबाट ८ जनालाई राजदूतमा सिफारिस गरेको थियाे। जसअनुसार पाकिस्तानकाे राजदूतका लागि भाेजपुरे चेली सेवा अधिकारी लम्सललाई पनि सिफारिस गरेकाे थियाे । राजदूतमा सिफारिस अधिकारी परराष्ट्र सेवामा संलग्न थिइन। उनि पराराष्ट्र मन्त्रालयमा सह सचिव थिइन । भाेजपुर दिङ्लाकी उनि भाेजपुरकै चरम्बीमा बिवाह गरेकी हुन् । यस अघि उनि संयुक्त राष्ट्रसंघकाे कार्यबाहक स्थायी प्रतिनिधिकाे भूमिका समेत निर्वाह गरिसकेकी छिन् । संसदीय सुनुवाई पुरा गरेपछि लम्साल र खनाल राजदूतमा नियुक्त भएका हुन् । सुनुवाइ पुरा गरेका अन्य राजदुत पनि नियुक्तिकाे तयारीमा छन् भने राजनीतिक रूपमा सिफारिस भएका राजुदुतहरूकाे भने सुनुवाइ स्थगित भएकाे छ । पुष्पकमल दाहाल नेतृत्वकाे वर्तमान सरकारले राजनीतिक रूपमा सिफारिस राजदुतकाे सुनुवाइ फिर्ता लिने निर्णय गरेकाे थियाे तर सर्बाेच्च अदालतले भने निर्णय कार्यान्वयन नगर्न नयाँ सरकारलाई अन्तरिम आदेश दिएको छ ।
हार्दिक बधार्इ भोजपुरे चेली लाइ ;पाकिस्तानकाे राजदूतमा भाेजपुरे चेली नियुक्त Reviewed by Google Girl on 12:46:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.