बुद्ध एयरको को–पाइलट नक्कली रहेको खुलासा ...सबैले सेयर गर्नुहोस !!
काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी पाइलट बनेका काठमाडौं डिल्लीबजारका स्वछन्द घले पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अपरेशन ह्वाक संचालन गरेर बुद्ध एयरका को–पाइलट घले र उनलाई नक्कली प्रमाणपत्र बनाउन सहयोग गर्ने रुपन्देही सिद्धार्थनगरका राजकुमार श्रेष्ठलाई पक्राउ गरेको हो ।
घलेले प्रमाणपत्र तहको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी दक्षिण अफ्रिकाबाट पाइलट कोर्स पूरा गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका श्रेष्ठ पेशाले एरोनटिकल इन्जिनियर हुन् । प्रहरीले नक्कली प्रमाणपत्र पेश गरेर डाक्टर तथा इन्जिनियर बनेकाहरुको छानबिन गर्न पनि विशेष अपरेशन संचालन गरिरहेको छ ।
बुद्ध एयरको को–पाइलट नक्कली रहेको खुलासा ...सबैले सेयर गर्नुहोस !!
Reviewed by Google Girl
on
2:13:00 PM
Rating:
No comments: