चर्चित लोकगायक खेमराज गुरुङ चाबहिलस्थित मेडिकेयर अस्पतालको आईसियुमा भर्ना
काठमाडौं, ८ भदौ । चर्चित लोकगायक खेमराज गुरुङ अस्पताल भर्ना भएका छन् । उनलाई चाबहिलस्थित मेडिकेयर अस्पतालमा उपचार भइरहेको छ ।
लिभरमा गम्भीर समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका हुन् । उनलाई आईसियुको १ नम्बर बेडमा राखेर उपचार गरिएको छ । चिकित्सकले लिभरमा जटिलता देखिएकाले यहाँ सम्भव नभए बाहिर उपचारका लागि लैजान परिवारलाई सल्लाह दिएको गीतकार विपिन किरणले जानकारी दिए ।
बुधबार बिहान ६ बजेदेखि उनलाई भेट्न दिइए पनि चिकित्सकले परिवारका बाहेक अरुलाई भेट्न रोक लगाएको छ । ‘वारि जमुना पारि जमुना, जमुनाको फेदैंमा मनकामना…’ बोलको गीत गाएर चर्चित भएका गुरुङले सयौं लोकगीत गाएका छन् ।
चर्चित लोकगायक खेमराज गुरुङ चाबहिलस्थित मेडिकेयर अस्पतालको आईसियुमा भर्ना
Reviewed by Google Girl
on
2:15:00 PM
Rating:
No comments: