Top Ad unit 728 × 90

News
News

काठमाडौँ को ‘जेब्रा-क्रसिङमा’ जे देखियो ! कता गयो ट्राफिक प्रहरी ?

कोटेश्वरबाट रत्नपार्कसम्म पुग्ने बा ३ ख ४३६६ नम्बरको बस बानेश्वरको जेब्राक्रसिङमै झ्याप्प रोकियो । सडक पेटीमा बस कुरेर बसेकी अधबैंसे महिला हतारिएर बस चढिन् । अरु पनि यात्रु आउँछन् कि भन्दै एकछिन जेब्राक्रसिङमै रोकियो बस । सहचालकले जेब्रक्रसिङमा उभिएर गर्वका साथ अरु यात्रुलाई पनि बोलाए । आउनुस् आउनुुस् रत्नपार्क । सीट खाली छ…। अरु यात्रुहरु आएनन् । पछाडिवाट अर्को बसले हर्न बजायो । बल्ल जेब्राक्रसिङमा रोकिएको बसका गुरुजीले एक्सिलेटर दबाए ।कोटेश्वर, बानेश्वर हुँदै रत्नपार्क जाने बा ३ ख ३९९६ नम्बरको अर्को बसले
पनि बहादुरीपूर्वक ज्रेब्राक्रसिङमा ब्रेक हान्यो । केही यात्रु त्यहीँबाट बसमा चढे । त्यस्तै बा २ ख ९६५७ नम्बरको माईक्रोबस, पुतली सडक हुँदै बागबजार जाने बा १ ख ८४०८ नम्बरको बस, बा २ ख ३८०९ को नेपाल यातायातले जेब्राक्रसिङमै रोकेर यात्रु चढाए । बा १ ख ८२२४ को नेपाल यातायातकै अर्को बसले बिच सडकमै ब्रेक हान्यो र यात्रुलाई गुहार्‍यो । बा २ ख २५७६ नम्बरको माईक्रोबसका चालकले पनि ज्रेब्राक्रसिङलाई बालै दिएनन् ।बानेश्वर चोकबाट पश्चिम मीनभवन कलेजतर्फ जाने बाटैनेर सडकमा जेब्राक्रसिङ स्पष्ट देखिन्छ । जेब्राक्रसिङमा नियमतः कुनै पनि सवारी साधन रोक्न पाइँदैन । जतिसुकै प्रभावशाली व्यक्ति किन नहोस्, बाटो काट्दै गरेका यात्रुका लागि आफ्नो सवारी साधन रोकेरै भए पनि बाटो दिनुपर्छ । तर, काठमाडौका सवारी चालक पुरै नैतिकताविहीन देखिएका छन् । जेब्रक्रसिङमा बाटो काट्दै गरेका यात्रुलाई हर्न बजाएर भगाउनमा निजी सवारी चालक खप्पिस छन् भने सार्वजनिक सवारी साधनहरु जेब्राक्रसिङमै यात्रु चढाउने र झार्ने काम गर्छन् । त्यहाँ ट्राफिक प्रहरीको उपस्थिति हुने गरेको छैन । त्यसको भरपुर फाइदा उठाउँछन् सार्वजनिक सवारी चालकले ।
मोटरसाइकल चालक अझै अराजक
ट्राफिक नियम अवज्ञा गर्नेमा सबैभन्दा बहादुर देखिन्छन् मोटरसाइकल चालक । जेब्राक्रसिङमा बाटो काट्नेलाई हर्न बजाएर भगाउनुलाई सामान्य मान्ने मोटरसाइकल चालक अलि मैलो मान्छेले बाटो काटिरहेको देख्यो भने सिधै भन्छन् ‘मर्लास्’ जेब्राक्रसिङमा आतंकित पार्ने मात्रै हैन, पेटीमै हर्न बजाउदै सानका साथ हिँड्ने मोटरसाइकल चालक धेरै देख्न पाइन्छ बानेश्वर चोकमा । एक घण्टाको अवधिमा बानेश्वर चोकको जेब्राक्रसिङमा महंगो सवारी साधन मानिने पजेरोदेखि मारुती कारसम्म ओहोर-दोहोर गरे । तर, बाटो काट्दै गरेकालाई सहयोग गर्ने एउटै देखिएनन् । कोही वाटो काट्दैछ भने परैबाट हर्न दिइहाल्थे ।
जेब्राक्रसिङमा रोक्नै पाइँदैन
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक मिलन बस्नेतले सार्वजनिक एवं निजी कुनै पनि सवारी साधनले जेब्राक्रसिङमा रोक्नै नपाइने बताए । ‘जेब्राक्रसिङमा रोक्ने कुरा छोड्नुस् सेतो धर्का छुन पनि पाउँदैनन् सवारी साधनले । जेब्राक्रसिङमा कसैले कुनै सवारी साधन रोकेको थाह पाए ठाउँको ठाउँ कार्वाही हुने उनको भनाइ थियो ।
मजदुर संगठनलाई भन्नुस
राष्ट्रिय यातायात व्यवसायी महासंघका कार्यवाहक अध्यक्ष डोलानाथ खनालले चालक र सहचालकलाई तालिम दिने काम मजदुर संगठनको भएको भन्दै मजदुर संगठनलाई सम्पर्क गर्न आग्रह गरे । जेब्रा क्रसिङमा सवारी साधन रोकेर यात्रु चढाउन र ओराल्न पाइन्छ र ? भन्ने प्र्रश्नको जवाफ दिँदै उनले भने-‘त्यस्तो त पाइँदैन ।
काठमाडौँ को ‘जेब्रा-क्रसिङमा’ जे देखियो ! कता गयो ट्राफिक प्रहरी ? Reviewed by Google Girl on 2:01:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.