Top Ad unit 728 × 90

News
News

जितेर पनि हारिन् गौरिका,‘गौरिकाको स्वीम सुट’ अचानक च्यातियो

श्रावण २४, २०७३- १३ वर्षीय स्वीमर गौरिका सिंहले १ मिनेट ८.४५ सेकेन्डसहित रियो ओलम्पिकमा आइतबार ३१ औं स्थानमा रहेर १ सय मिटर ब्याकस्ट्रोक पूरा गरेकी छन् ।
तीन खेलाडी रहेको ‘हिट १’मा शीर्षस्थानमा रहेकी उनी १ मिनेट ७.३१ सेकेन्डको आफ्नै राष्ट्रिय कीर्तिमान तोड्न पनि असफल भइन् । ३४ खेलाडी सहभागि स्पर्धाको प्रारम्भिक चरणबाटै बाहिरिएकी उनी यो ओलम्पिककै सबैभन्दा कान्छी खेलाडी हुन् । रियो ओलम्पिकमा सबैभन्दा कम उमेरको खेलाडीका रुपमा विश्वमै चर्चित भएकी नेपालकी जलपरी गौरिका सिंहको ‘स्वीम सुट’ अचानक च्यातियो । प्रतिश्पर्धामा उत्रनु अघि आफ्नो स्वीम सुट च्यातिएपछि गौरिका अन्यौलमा परिन् । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार गौरिकाले लन्डनमा रहेका आफ्ना नियमित प्रशिक्षकलाई तत्कालै म्यासेज गरिन् र आफ्नो पोशाक च्यातिएको जानकारी दिइन् । उनले सोधिन्, ‘मेरो पोशाक च्यातियो, म पोशाक परिवर्तन गरौं वा यत्तिकै प्रतिश्पर्धामा जाऔं ?’ उनलाई लन्डनबाट प्रशिक्षकले सन्देश दिए– ‘पोशाक परिवर्तन गरेर प्रतिश्पर्धामा जाऊ ।’ समाचार एजेन्सीहरुका अनुसार गौरिकाले आफ्नो स्वीम सुट माथि तान्ने कोसिस गरिरहँदा उनको नङले प्वाल पारेको थियो । १०० मिटर ब्याक स्ट्रोकमा प्रतिश्पर्धा गरेकी गौरिकाले अर्को चरणमा स्थान बनाउन नसके पनि उनी अन्तर्राष्ट्रिय संचारमाध्यममा छाउन सफल भएकी छन् । विश्वका विभिन्न संचारमाध्यमले उनको प्रशंसा गरेका छन् ।
जितेर पनि हारिन् गौरिका,‘गौरिकाको स्वीम सुट’ अचानक च्यातियो Reviewed by Google Girl on 8:47:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.