Top Ad unit 728 × 90

News
News

त्रिशुली बस दुर्घटनामा घाइते हुने मध्ये ११ जनाको नामावली खुल्यो ...हेर्नुहोस नामावली सहितको रिपोर्ट

१० भदौ, चितवन । त्रिशुलीमा भएको बस दुर्घटनामा वालवालिका समेत घाइते बनेका छन् । चितवन अस्पतालमा भर्ना भएका केही घाइतेहरुको विवरण अनलाइनखबरले प्राप्त गरेको छ ।
चितवन मेडिकल कलेजमा उपचारका लागि भर्ना भएका ९ जना घाइतेमा वालवालिका समेत छन् ।
अस्पतालमा ५ वर्षीया वालिका स्वेता गुप्ता र ९ वर्षकी निली साहलाई भर्ना गरिएको छ । त्यस्तै अर्का ५ वर्षका वालक प्रिन्स साह पनि अस्पतालमा भर्ना भएका छन् । अस्पताल भर्ना गरिएका दुई वर्षका एक शिशुको भने नाम नखुलेको छैन । त्यस्तै घाइते अवस्थामा अस्पताल भनाए गरिएकाहरुमा गौर नगरपालिका निवासी सुसन श्रीवास्तव र भारत घर भएका १८ वर्षका रोशन गुप्तासमेत छन् ।
धादिङ घर भएका गाडीका सहचालक ३० वर्षका राजन पाण्डे पनि घाइते अवस्थामा अस्पताल भर्ना भएका छन् । बस चालकको अवस्था भने खुलेको छैन । त्यस्तै पोखरा नगरपालिका बस्ने निमिका थापा पनि अस्पताल भर्ना भएकी छिन् ।
बारा निजगढका २८ वर्षका रोशन गुप्ता पनि चितवन मेडिकल कलेजमा भर्ना भएका छन् । रौतहटका ४० वर्षीया सन्देश साह र सर्लाहीका २५ वर्षीय अविनाश चौधरी चितवनको पुरानो मेडिकल कलेजमा उपचाररत छन् । अहिलेसम्म १७ जना घाइते भनिए पनि अस्पतालमा ११ जनामात्रै ल्याइपुर्‍याइएको छ । चितवनका तीनवटा अस्पतालमा घाइतेलाई राखिएको छ । बिहान साढे ३ बजेतिर दुर्घटना भएको बताइएको छ । मृतकहरुको भने अहिलेसम्म सनाखत हुन सकेको छैन । प्रहरीले सनाखत प्रयास जारी राखेको छ । यो पनि पढ्नुहोस्
त्रिशुली बस दुर्घटनामा घाइते हुने मध्ये ११ जनाको नामावली खुल्यो ...हेर्नुहोस नामावली सहितको रिपोर्ट Reviewed by Google Girl on 9:36:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.