कस्तो अचम्म :हुम्लाको छात्रावासमा ‘भूत’ को त्रास पुरा पढौ !
काठमाडौं–सबैले मिलनसार दिदीका रुपमा चिन्ने हुम्ला जिल्लाको एक मात्रै महिला फिडर छात्रावासको सिद्धा ऐडीको व्यवहार एक सातादेखि निकै फरक छ । अरुको काममा सहयोग गर्ने छात्रावासका साना बहिनी र आफ्नै सहपाठीलाई पढाइ तथा अन्य काममा समेत सुझव दिने ऐडीको बोली निकै परिवर्तन भएको छ । मिजासिला शव्द र सम्मानजनक भाषा प्रयोग गर्ने कक्षा दसमा अध्ययनरसत सिद्धाले एक सातायता अश्लील शब्द प्रयोग गर्न थालेकी छिन् । उनी घरी आफैं जमिनमा लम्पसार पर्ने त घरी अर्की महिला (भूत) आएर आफूलाई हिर्काउन थालेको भन्दै सिमकोट बजारनै थर्काउने गरी रुन्छिन् । सिद्धा बसेकै छात्रावासकी पुष्पा रावतको अवस्था पनि फरक छैन । एकैछिन सामान्य अवस्थाकी पु्ष्पा आफूलाई लिन ऊः पर आई भन्दै होस गुमाउछिन् । छिनभरमै सामान्य अवस्थामा आएको बेला आफूलाई थाहा नभएको बताउने पुष्पा अनुहार छोपेकी महिलाले आफूलाई छोएपछि बेहोस हुने बताउँछिन् । छात्रावासमा भएका २० जनालाई खाना पकाउने भान्से विमला रावलको अवस्था पनि उस्तै छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
कस्तो अचम्म :हुम्लाको छात्रावासमा ‘भूत’ को त्रास पुरा पढौ !
Reviewed by Google Girl
on
9:04:00 PM
Rating:
No comments: