Top Ad unit 728 × 90

News
News

मलेसियामा एक नेपालीको हत्या पछी होस्टलको तीनतला माथिबाट फाले

२२ साउन, काठमाडौं । मलेसियामा एक नेपालीको हत्या भएको छ । शुक्रबार दिउँसो करीब १२ बजे सुनसरीको इटहरी घर भएका ३२ वर्षीय नगेन्द्र चौधरीको हत्या भएको हो ।जोहोरवारुको
पासिरगुडाङआयरविरुमा रहेको एक कम्पनीमा उनी कार्यरत थिए । होस्टलमा सुतीरहेका चौधरीलाई मोटरमा आएका दुईजना हतियारधारी समूहले होस्टलको तीनतला माथिबाट फालिदिएका थिए । चौधरीको घटनास्थलमै मृत्यु भएको कम्पनीमा कार्यरत प्रकाश बस्नेतले जानकारी दिएका छन् । ‘उनीहरु मोटरमा चढेर आएका थिए रे तर नम्वर टिप्न सकिएन,’ उनले भने । घटना के कारणले भएको हो थाहा हुन सकेको छैन । तेल उत्पादन हुने उक्त कम्पनीमा ८० जना नेपालीहरु कार्यरत छन् । चौधरीको हत्यापछि कम्पनीमा कार्यरत सबै नेपालीहरु शोकाकुल भएका छन् । घटनास्थलबाट प्रहरीले शवलाई लिएर गएको छ । घटनाको सम्वन्धमा नेपाली दूतावासमा जानकारी गराइसकेको बस्नेतले जानकारी दिए ।
मलेसियामा एक नेपालीको हत्या पछी होस्टलको तीनतला माथिबाट फाले Reviewed by Google Girl on 8:30:00 AM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.