Top Ad unit 728 × 90

News
News

अमेरिकाको न्यूयोर्कमा हिडिरहेका मुस्लिम धर्म गुरु सहित दुई जनाको गोही हानि हत्या

३० साउन, काठमाडौं । अमेरिकाको न्यूयोर्कमा हिडिरहेका मुस्लिम धर्म गुरु सहित दुई जनाको गोही हानि हत्या गरिएको छ ।
न्युयोर्कको क्वीस क्षेत्रमा सडकमा हिडिरेहको अवस्थामा उनीहरुमाथि गोली प्रहार भएको थियो । प्रहरी प्रवक्ताका अनुसार एक व्यक्तिले पछाडिबाट उनीहरुको टाउँकोमा गोली हानेका थिए । बीबीसीका अनुसार ५५ वर्षीय इमाम मौलामा एकोनजी दुई वर्ष पहिला बंगलादेशबाट न्यूयोर्क गएका थिए । अर्का व्यक्तिको उमेर ६४ वर्ष बताइएको छ । प्रहरीले अहिलेसम्म धर्मका कारण उनीहरुलाई निशाना बनाइएको कुनै प्रमाण फेला नपरेको बताएको छ । ओजोन पार्क क्षेत्रमा बन्दूक लिएका एक व्यक्तिलाई घटनास्थलबाट जाँदै गरेको देखिएपनि उक्त घटनामा प्रहरीले कसैलाई नियन्त्रणमा लिएको छैन । अमेरिकामा रहेका स्थानीय मुसलमानले घटनालाई ‘हेट क्राइम’ बताएका छन् । उनीहरुले अमेरिकी राष्ट्रपति चुनावमा रिपव्लिकन उमेदवार डोनाल्ड ट्रम्प माथि इस्लाम विरुद्ध माहोल बनाएको आरोप लगाएका छन् ।
अमेरिकाको न्यूयोर्कमा हिडिरहेका मुस्लिम धर्म गुरु सहित दुई जनाको गोही हानि हत्या Reviewed by Google Girl on 2:21:00 AM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.