फेरी ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु,
६ भदौ, रौतहट। रौतहटमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाका मृत्यु भएको छ ।
रौतहटको गौर चन्द्रनिगाहपुर सडकखण्डको सखुअवा धमौरा ८ मा गएराति ट्याक्टर दुर्घटनामा परेको हो । दुर्घटनामा एक व्यक्ति घाइते भएका हुन् ।
चन्द्रनिगाहपुर बाट विर्तातर्फ आउदै गरेको ना४त १६७१ नम्बरको ट्याक्टर अनियन्त्रीत भएर सडकबाट झण्डै २० मिटर तल खस्दा २ जनाको घटनास्थल मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
दुर्घटना गरुडा नगरपालिका ११ का ३२ वषिर्य ट्रयाक्टर चालक अब्दुल मिया र ३६ वर्षीय शेष जलाउद्दिन को मृत्यु भएको हो । दुर्घटनामा गरुडा ११ कै जितेन्द्र राम घाइते भएका छन् । रामको अवश्था सामान्य रहेको र उनको गरुडमै उपचार भइरहेको प्रहरी नायब उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिए ।
दुर्घटना गरुडा नगरपालिका ११ का ३२ वषिर्य ट्रयाक्टर चालक अब्दुल मिया र ३६ वर्षीय शेष जलाउद्दिन को मृत्यु भएको हो । दुर्घटनामा गरुडा ११ कै जितेन्द्र राम घाइते भएका छन् । रामको अवश्था सामान्य रहेको र उनको गरुडमै उपचार भइरहेको प्रहरी नायब उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिए ।
फेरी ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु,
Reviewed by Google Girl
on
11:30:00 PM
Rating:
No comments: