Top Ad unit 728 × 90

News
News

कथा अर्कै रहेछ…जो श्रद्धाञ्जली दिन आए स्वर्गीय खेमराज गुरूङ प्रति। पुरा पढ्नुहोस !!

कथा अर्कै रहेछ…जो श्रद्धाञ्जली दिन आए । (सन्दर्भ- स्वर्गीय खेमराज गुरूङ । कृपया पढिदिनुहोला ।)
# साधारण, फ्याटफ्याटे चप्पलमा मलामी आएका यी भाइ प्रति कसैको आँखा पुगेन । #घर फर्किने भाडा रहनेछ । # "भाइ, खदा र फूल लिएर जा र खेमराज दाजुलाई सम्मान गर ।" तस्वीरमा सर्ट लगाएका भाइ, आईतवार स्वर्गीय खेमराज गुरूङका एक मलामी हुन् । प्रज्ञाप्रतिष्ठानमा भएको श्रद्धाञ्जली सभादेखि शवयात्रा हुदै अन्त्येष्टिसम्मै विहानबाटै सक्रिय थिए म । शव बोकेर आर्यघाट लग्दै गर्दा यी भाइ शवको नजिकै थिए । स्वयंसेवक हुनुका कारण भाईलाई भिडबाट हट्न भने । फेरि कसोकसो नजिकै देखिरहे । साधारण, फ्याटफ्याटे चप्पलमा मलामी आएका यी भाइ प्रति कसैको आँखा पुगेन । मैले पनि खास वास्ता गरेको थिइन । शवको नजिकै घरिघरि देख्दा खेम दाजुको परिवारिक सदस्य पो हो कि भन्ने सम्झिए । तर, आर्यघाटबाट खेम दाईको आमा र परिवारका अन्य सदस्यहरूलाई राजेश (गायक राजेशपायाल राई) दाइ र मैले गाडीमा पठाइसक्दा पनि यी भाइ हामीसँगै थिए । भतिजहरू (खेमराज दाईका छोराहरू) पनि गुम्बा गइसकेका थिए । यी भाइ हामीसँगै देखेपछि पिउने पानी बाडिदिन अनुरोध गरे । खुशीले बाड्यो । हामी अस्तु सेलाएर जाने भएकोले रातिसम्म बसिरह्यौ ।

यो भाइ पनि बसेको देखेर सोधे मैले । खेमराज दाईको फ्यान होइन, कथा अर्कै रहेछ । थर, तामाङ रहेछ । मैतीदेवीबाट हामीसँगै हिडेर आएका रहेछन् । घर फर्किने भाडा रहनेछ । हातमा सानो प्लाष्टिक झोलामा खदा (खतक) लिएर आएका रहेछन् । किनकी, दुबईमा बस्ने उनको दाजुले रूदै भनेका रहेछन्, "भाइ, खदा र फूल लिएर जा र खेमराज दाजुलाई सम्मान गर ।" खासमा उनी श्रद्धाञ्जली अर्पण गर्न आएका रहेछन्, उनको दाजुको तर्फबाट । उनको दाजुलाई स्वर्गीय खेम दाईले आठ वर्षसम्म आफ्नो खर्चमा पढाइदिनु भएका रहेछन् ।म भावविह्वल भए । खेम दाइ प्रति अझ सम्मान जाग्यो । हामीले यी भाईलाई गाडी भाडा र खाजा खर्च दिएर पठायौ । दुबईमा उनको दाजु रोईरहेका छन् रे खेम दाइ सम्झिएर ।
 --खेम दाइ सम्मान छ तपाईंलाई । गुरूङ सोल्टी
कथा अर्कै रहेछ…जो श्रद्धाञ्जली दिन आए स्वर्गीय खेमराज गुरूङ प्रति। पुरा पढ्नुहोस !! Reviewed by Google Girl on 10:09:00 AM Rating: 5

1 comment:

  1. फ्याटफ्याटे चप्पल lagaune ghar farkanna samma gadi bhada nabhayeko jasto ta dekhindaina ta manchhe ko photo herera ta >?? yedi yahi bhai ho bhane.. ani photo kina half ? khoi फ्याटफ्याटे चप्पल sanga ko photo ??

    ReplyDelete

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.