Top Ad unit 728 × 90

News
News

खुकुरी प्रहार गरी आफ्नै दाजुको हत्या

मोरङ – मोरङको विराटनगर–६ मा आज बिहान खुकुरी प्रहार गरी भाइले दाजुको हत्या गरेका छन् ।
सोही ठाउँका ३० वर्षीय वीरेन्द्र मुखियाले आज बिहान खुकुरी प्रहार गरी आफ्नै दाजु ४० वर्षीय सन्तोष मुखियाको हत्या गरेका हुन् । वीरेन्द्रले खुकुरीले टाउकोमा प्रहार गर्दा सन्तोषको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिए । वीरेन्द्र मानसिक रोगी भएको बताइन्छ । वीरेन्द्रले दाजुको हत्या गर्नुको कारण भने खुलिनसकेको थापाले बताए । दाजुको हत्या गरेका वीरेन्द्रले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । घटनाको अनुसन्धान गर्ने कार्य भइरहेको मोरङ प्रहरीले जनाएको छ ।
खुकुरी प्रहार गरी आफ्नै दाजुको हत्या Reviewed by Google Girl on 5:29:00 AM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.