एसएलसी परीक्षाको नतिजा एक साताभित्र सार्वजनिक गर्ने
भक्तपुर, / प्रवेशिका ९एसएलसी पुरक अर्थात् ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले गत साउन १४ गतेदेखि २१ गतेसम्म सञ्चालन गरेको परीक्षाको नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी गरेको परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले जानकारी दिनुभयो । उत्तरपुस्तिका परीक्षण सकिएर जिल्ला जिल्लाबाट परीक्षार्थीको विषयगत प्राप्ताङ्क कार्यालयमा आइसकेको छ । कार्यालयले प्राप्ताङ्क कम्प्युटरमा दर्ता गर्ने काम गरिरहेको काप्रीले जानकारी दिनुभयो । प्राप्ताङ्क दर्ता सकिएलगत्तै रुजु गरिसकेपछि नतिजा सार्वजनिक गरिनेछ ।
एसएलसी परीक्षामा बढीमा दुई विषयसम्म सैद्धान्तिकतर्फ ‘डि’ र ‘इ’ ग्रेड ल्याउने नियमिततर्फ एक लाख आठ हजार ३२६ जना र एक्जाम्टेड तर्फ ३९ हजार २५७ जना गरी कुल एक लाख ४७ हजार ५८३ जना सहभागी हुनुपर्नेमा परीक्षामा भने ७३ हजार परीक्षार्थी मात्रै सहभागी भएका थिए । परीक्षामा ‘डि’ र ‘इ’ ग्रेड ल्याउने सबै विद्यार्थी सहभागी नभएको जानकारी दिँदै सोही ग्रेडका कतिपय विद्यार्थीले कक्षा ११ मा भर्ना भएका वा अन्य विकल्प रोजेका कारणले परीक्षामा कम विद्यार्थीको सहभागिता भएको हुनसक्ने परीक्षा नियन्त्रक काप्रीले बताउनुभयो । रासस
एसएलसी परीक्षाको नतिजा एक साताभित्र सार्वजनिक गर्ने
Reviewed by Google Girl
on
1:48:00 PM
Rating:
No comments: