फेवातालमा डुंगा डुब्दा दुईजना बेपत्ता,तिनीहरु काठमाडौँ बाट पोखरा घुम्न आएको थिए
फेवातालमा सोमबार दिउँसो डुंगा डुब्दा दुईजना बेपत्ता भएका छन्। डुंगामा सवार ८ जना मध्ये ६ जनाको उद्धार गरिएको छ।
काठमाडौंको चक्रपथ बस्ने १९ वर्षका प्रतिक श्रेष्ठ र वसुन्धरा बस्ने २३ वर्षका एलिन केसीको अवस्था अज्ञात छ।
काठमाडौं चक्रपथ बस्ने सौगात श्रेष्ठ, बसुन्धरा बस्ने रोशन न्यौपाने, चक्रपथ बस्ने सम्राट गौतम, चक्रपथ बस्ने दीपक न्यौपाने, मकवानपुर हेटौडाका विदुर धिताल र सिन्धुली घर भई हाल लेकसाइड बस्ने डुंगा चालक गंगा बस्नेतलाई उद्धार गरिएको छ। डुंगा डुबेको खबर पाउनासाथ हल्लनचोकको सीआरभी र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनीहरुको उद्धार गरेको हो। चालक बाहेक सबै राजधानीबाट पोखरा घुम्न आएका हुन्। ताल पारिबाट वारि आउने क्रममा तालको बीचतिर डुंगा पल्टेको थियो। यात्रुले लाइफ ज्याकेट नलगाएकाले पनि उद्धारमा समस्या भएको प्रहरीले जनाएको छ। बेपत्ता दुई जनाको खोजी कार्य जारी छ। खोजतलासमा सशस्त्र प्रहरी गण पोखरा र सशत्र प्रहरी बल कालिका गणबाट उद्धार टोली परिचालन गरिएको छ। उद्धार गरिएका ६ जनाको गण्डकी मेडिकल कलेज नयाँबजारमा उपचार भइरहेको छ।

Reviewed by Google Girl
on
12:21:00 PM
Rating:
No comments: