Top Ad unit 728 × 90

News
News

अमेरिकाको टेक्सासमा हत्या भएकी समिराका श्रीमानद्वारा आत्महत्या,दुई छोरी अब टुहुरा बनिन्

२७ साउन, काठमाडौं । अमेरिकामा एक नेपालीको परिवार उजाडिएको छ । र, दुई बालिका अभिभावकविहीन भएका छन् । गत वर्ष बन्दुकधारीले गोली हानेर हत्या गरेकी समिराकी पति नवराज शिवाकोटीले आत्महत्या गरेका छन् । नवराजले टेक्साससँगै सीमा जोडिएको अक्लोहामामा पुगेर आइतबार आत्महया गरेको बताइएको छ । गत वर्ष जुन १० मा डेन्टनको दि कोलोनीमा आफ्नै ग्यास स्टेसनमा बसिरहेकी समिराको ग्राहक बनेर आएका एक युवकले गोली हानेर हत्या गरेका थिए । यसबारे अदालतमा मुद्दा चलिरहेको छ । तर, पत्नी गुमाएकै पीडाका कारण झण्डै १४ महिनापछि नवराजले आत्महत्या गरेको बताइएको छ । उनको बुधबार नै अन्त्येष्टि गरिएको छ । नवराज र समिराका दुई र साढे तीन वर्षकी दुई छोरीको लालनपालनको जिम्मा दाइ विष्णुले लिएका छन् ।
अमेरिकाको टेक्सासमा हत्या भएकी समिराका श्रीमानद्वारा आत्महत्या,दुई छोरी अब टुहुरा बनिन् Reviewed by Google Girl on 1:59:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.