Top Ad unit 728 × 90

News
News

सामसुङ नोट ७ चार्ज गर्दा पड्किए पछि , सामसुङले ग्यालेक्सी नोट ७ स्मार्ट फोन फिर्ता लिने

दक्षिण कोरियाली कम्पनी सामसुङले ग्यालेक्सी नोट ७ स्मार्ट फोन फिर्ता लिने निर्णय गरेको छ । ब्याट्रीमा समस्या आएपछि उसले यो निर्णय लिएको हो । अमेरिका र दक्षिण कोरियामा फोन चार्ज गर्ने क्रममा थुप्रै फोन पडि्कएको थियो । अब कम्पनीले जसको फोन किनेको छ, उसलाई नयाँ फोन दिने भनेको छ । सामसुङका अनुसार कुन फोनमा समस्या छ पत्ता लगाउन गाह्रो छ । ग्यालेक्सी नोट ७ अहिलेसम्म २५ लाख विक्री भइसकेको छ । सामसुङका प्रमुख डोङ गिनले भनेका छन्, यसको मुख्य यति धेरै छ कि मेरो मनमा पीडा हुन्छ । तर, पनि हामीले यो निर्णय लिएका छौं किनकी ग्राहकको सुरक्षा सबैभन्दा जरुरी छ ।’ कम्पनीका अनुसार नयाँ फोन तयार गर्न कम्तिमा दुई हप्ता समय लाग्छ ।
सामसुङ नोट ७ चार्ज गर्दा पड्किए पछि , सामसुङले ग्यालेक्सी नोट ७ स्मार्ट फोन फिर्ता लिने Reviewed by Google Girl on 5:44:00 AM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.