Top Ad unit 728 × 90

News
News

इजरायलमा सडक दुर्घटनामा परि चार जनाको मृत्यु,एक कियर गिभरको पनि ज्यान गयो

सुर्य बस्याल इजरायल । इजरायलमा भएको सडक दुर्घटनामा गम्भीर घाइते भई हाइफा स्थित रामबाम हस्पिटलमा उपचारका गराइरहेका चार जनाको मृत्यु भएको छ । उक्त सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको र कारमा सवार अनय ब्यक्तिहरु गभ्भीर घाइते भएको त्यहाँको एक रेडियो स्टेशन रिसेट बेटले जनाएको छ ।मृतकमध्ये दुई ब्यक्तिहरु किर्यात बियालिकमा बसोबास गर्ने बुद्धाहरु रहेको समाचार प्रप्त भएको छ । इजरायलको एक अनलाइन न्युज पोर्टल वाइ नेटका अनुसार ती दुई बृद्धाहरुमध्ये पुरुषको उमेर ८१ वर्ष र महिलाको उमेर ६२ वर्षको रहेको जनाएको छ । उक्त दुर्घटनामा परी एक भारतीय नागरिक कियर गिभरको पनि मृत्यु भएको छ । मृत्यु भएका दुइ इजरायली बुद्धाहरु लाइ भारतीय नागरिककी एक महिलाले स्याहारसुसार गर्ने गरेकी थिइन् | दुर्घटना कसरी भयो भन्ने सम्बन्धमा त्यहाको ट्राफिक कार्यलयले अध्ययन शुरु गरेको स्रोतले जनाएको छ ।
इजरायलमा सडक दुर्घटनामा परि चार जनाको मृत्यु,एक कियर गिभरको पनि ज्यान गयो Reviewed by Google Girl on 1:08:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.