Top Ad unit 728 × 90

News
News

सन्दीपले आफ्ना आमा र बुवाले आत्महत्या गरेर अफूलाई टुहुरो बनाएको कथा यसरी सम्झिए :

ललितपुर– ‘मेरा आमा र बुवाले तीन वर्षको अन्तरमा प्राण त्याग्नुभो । आमा झुण्डिएको तीन वर्षपछि बुवाले सबैलाई झुक्याएर इनारमा हाम्फालेर संसार छाड्नुभो’ । शनिबार पाटन अस्पतालको चौथो तलामा उभिएर यसो भन्दै गर्दै सन्दीप शाहीको गहमा आँशु टिल्पिलाउँदै थियो । तर उनले आफ्नो मनलाई यसरी बाँधे कि आँशुलाई आँखाको डिलबाट बाहिर छल्किनै दिएनन् ।police-2 ‘आत्महत्या रोकथाम दिवस’लाई अभियानका रुपमा अगाडि बढाउन पाटन अस्पतालमा भेला भएका नेपाल प्रहरीका एआईजी प्रताप थापा, राष्ट्रिय गानका सर्जक ब्याकुल माइला लगायत ललितपुरका सरकारी तथा गैरसकारी संस्थाका प्रतिनिधिहरुको माझमा सन्दीपले आफ्ना आमा र बुवाले आत्महत्या गरेर अफूलाई टुहुरो बनाएको कथा यसरी सम्झिए :
‘०६६ सालमा आमा झुण्डिनुभो, ०६९ मा बुवा इनारमा हाम्फाल्नुभो, मैले बचाउन सकिनँ । झुण्डिनुअघि आमाले दुई पटक विष खानुभयो । मैल पाटन अस्पताल ल्याएर बचाएँ । तेस्रो पटक झुण्डिनुभो, मैले बचाउनै सकिनँ । आमा एकदमै सेन्टिमेन्टल हुनुहुन्थ्यो, मेन्टल्ली डिसअर्डर उहाँ झुण्डिनुको एउटा कारण थियो । धामी झाँक्रीमा विश्वास गर्ने मेरी आमाले आत्महत्या गर्नुभन्दा एक महिनाअघि नै सिन्टम देखाउनुभएको थियो । बुवा व्यापार गर्नुहुन्थ्यो । आर्थिक समस्या रहेछ, धेरै तनाव लिनुहुन्थ्यो । उहाँको ऋण रहेछ, त्यो कुरा कसैलाई भन्नुभएन । इनारमा हामफाल्नुभन्दा करिब दुई महिनाअघि उहाँमा आत्महत्याको सिन्टम देखिएको थियो । यसरी मेरा आमा बुवा दुवैले झुक्याएर प्राण त्याग्नुभो ।’ आमाले आत्महत्या गरेको केही घण्टामै टोल छिमेकका केही मान्छेले भनिदिए, ‘पागल थिइन्, छोराले धेरै टेन्सन दिन्थ्यो ।’ समाजका मान्छेले यतिसम्म भन्न भ्याए ‘सन्दीपका बुवाको अन्तै अफेयर थियो, त्यसैले आमाले आत्महत्या गरिन् ।’
‘त्यति मात्र हैन, मेरा बुवाले प्राण त्याग्दा पैसाका लागि छोराले मारेकोसम्म भने’ सन्दीप भन्छन्, ‘त्यसपछि मलाई पनि बाँचेर के गर्नु भन्ने लाग्यो, टाईले बाँधेर सिलिङमा झुण्डिन खोजेँ ।’ त्यतिबेला समयले साथ दिएको भए उनी आज आफ्नो अनुभव सुनाउने अवस्थामा हुने थिएनन् । ‘मेरो आत्महत्या प्रयास असफल भयो’, उनी भन्छन्, ‘पछि मैले साथीभाइसँग सेयर गर्न थालेँ, त्यसैले अहिले यहाँ उभिएको छु ।’ पीडालाई पैतालाले च्यापेर नयाँ जीवनको सुरुवात गर्ने अठोट गरेका सन्दीप हाल एक गैरसकारी संस्थामा काउन्सिलरको भूमिकामा छन् । आत्महत्या विरुद्धको अभियानका क्रियाशील उनी पोजेटिभ भएमा आत्महत्यालाई एभोइड गर्न सकिने बताउँछन् । ‘आजभोलि पोजेटिभ हुन पुस्तक पढ्छु’ उनी भन्छन्, ‘युट्युबमा पोजेटिभ कुराहरु हेर्छु ।’ ललितपुरमा यस आर्थिक वर्षमा ७७ वटा आत्महत्याको घट्ना घटेका छन् । यसबाट ७८ जनाले ज्यान गुमाएको महानगरीय प्रहरी परिसरका एसएसपी पिताम्बर अधिकारीले बताए । उनका अनुसार एउटा घटनाम दुई व्यक्तिले आत्महत्या गरेका थिए । ‘२६ देखि ३५ तथा ३६ देखि ४५ उमेर समूहका मानिसले धेरै आत्महत्या गर्ने गरेको पाइएको छ तर पनि केही दिनअघि भैंसेपाटीमा दस वर्षको बच्चाले आत्महत्या गरेका छन्’ एसएसपी अधिकारी भने, ‘आत्महत्याको सिकार हुनेमा कृषि पेसामा लागेका धेरै छन्, त्यसपछि रोजगारीको अभावले पनि मान्छेले आत्महत्यालाई अँगाल्ने गरेको पाइन्छ ।’ प्रहरी तथ्याङ्क अनुसार ललितपुरमा प्रत्येक महिना तीन जनाले आत्महत्या गर्ने गरेका छन् । आत्महत्या प्रयास गर्नेलाई डाक्टरले हप्काउनु गलत पाटन अस्पतालका डाक्टर रवि शाक्यले आत्महत्याको प्रयास गरेर अस्पतालको इमर्जेन्सीमा आउनेलाई डाक्टरहरुले हप्काउनु गलत भएको बताएका छन् । ‘मैले केही ठाउँमा पोइजन सेवन गरेर आएकाहरुलाई डाक्टर र नर्सहरुले हप्काएर पठाएको देखेको छु । हामीले कहिल्यै त्यस्तो व्यवहार गर्नु हुँदैन, डा. शाक्यले भने ‘हाम्रो त्यस्तो व्यवहारले अस्पताल नपुग्दै उनीहरु मर्नेतिर सोच्न बाध्य हुन्छन् ।’ कतिपय परिवारले कलङ्कित हुने डरले आत्महत्या लुकाउने गरेको उल्लेख गर्दै डा. शाक्यले भने, ‘मातृ मृत्युमा पनि एक सयमध्ये १६ जना आमा आत्महत्या गरेर मर्ने गरेका छन् ।’
 ‘विदेशबाट आउनले शवमध्ये ४२ प्रतिशत नेपालीले आत्महत्या गर्ने गरेको तथ्य हामीसँग छ’, उनले भने, ‘प्रत्येक दिन पाटन अस्पतालमा ३ जना बिरामी आत्महत्याको प्रयास गरेर इमर्जेन्सीमा भर्ना हुन आउँछन् ।’ आत्महत्याको कारण यकिन हुन नसके पनि सामाजिक, मनोवैज्ञानिक र वंशानुगत कारणले आत्महत्या गर्ने गरेको पाइएको छ । ‘आत्महत्या गर्नेहरु लामो समयदेखि गम्भीर मानसिक रोगबाट गुज्रिरहेका हुन्छन्’ उनले भने, ‘८० प्रतिशत सुसाइट डिप्रेसनका कारण हुने गरेको पाइन्छ ।’ महानगरीय प्रहरी परिसर ललितपुर, जिल्ला प्रशासन कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय, पाटन अस्पताल लगायतका सकारी तथा गैरसरकारी संस्थाले शनिबारबाट आत्महत्याको रोकथामका लागि अभियान सुरु गरेका छन् । सोही कार्यक्रममा महानगरीय प्रहरी प्रमुख एआईजी प्रताप थापा, राष्ट्रिय गानका सर्जक ब्याकुल माईला लगायतले २४ घण्टे आत्महत्या हेल्पलाइनको उद्घाटन गरे । हेल्पलाइनका रुपमा सञ्चालन गरिएका दुईवटा नम्बरमध्ये ९८५१२१५६८८ ललितपुर प्रहरीको महिला तथा बालबालिका विभागमा रहने छ । त्यस्तै ९८१३४७६१२३ नम्बरको हेल्पलाईन सेवा पाटन अस्पतालको मानसिक रोग विभागमा २४सै घण्टा सञ्चालनमा आउने गरी सुरु गरिएको आत्महत्या रोकथामा संयुक्त अभियान सञ्जाल लतिलपुरले जनाएको छ ।
सन्दीपले आफ्ना आमा र बुवाले आत्महत्या गरेर अफूलाई टुहुरो बनाएको कथा यसरी सम्झिए : Reviewed by Google Girl on 4:13:00 AM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.