Top Ad unit 728 × 90

News
News

आइफोन सेभेन बजारमा बिक्रि सुरु गरेको केही मिनेटभित्रै शत प्रतिशत फोन बिकेको ‘सोल्ड आउड’ रेकर्ड

एप्पलको आइफोन सेभेन बजारमा उतारिएलगत्तै यो संसारभरी छाउने धेरै मानिसले अनुमान गरेका थिए । तर यो कुरा यति छिट्टै वास्तविकतामा परिणत हुनेछ, यो बारे भने धेरैले सोचेका थिएनन् होला । दुबईको बजारमा आइफोन सेभेन र सेभेन प्लसको बिक्रि सुरु भएको केही मिनेट भित्रै सबै ह्यान्डसेट ‘सोल्ड आउड’ भएको छ । एप्पलका प्रवक्ताले दिएको जानकारी अनुसार एप्पलको आधिकारीक पसलमा बिक्रि सुरु गरेको केही मिनेटभित्रै शत प्रतिशत फोन बिकेको छ । यद्यपी, उनले दुबईमा बिक्रि सुरु भएको दिनमा कति फोन बिक्रि भए भन्नेबारे खुलासा गरेका छैनन् । टर्कीका एक उद्यमी हुसेन केलिकाले फोन किन्नका लागि उनको पूरा परिवार लाइनमा बसेको बताएका छन् । उनी भन्छन्, ‘ मेरो परिवारका पाँच सदस्य बिहान ४ बजेदेखि पसलमा लाइन लागेको थियो । ’ उनले एउटा, दुईवटा नभई पाँचवटा आइफोन एकैपटक किनेको जानकारी दिएका छन् ।
आइफोन सेभेन बजारमा बिक्रि सुरु गरेको केही मिनेटभित्रै शत प्रतिशत फोन बिकेको ‘सोल्ड आउड’ रेकर्ड Reviewed by Google Girl on 12:23:00 AM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.