Top Ad unit 728 × 90

News
News

न्यूजिल्याण्डमा गयो ७ं.१ रेक्टर को शक्तिशाली भूकम्प

१७ भदौ, काठमाडौं । न्यूजिल्याण्डमा शक्तिशाली भूकम्प गएको छ ।
शुक्रबार बिहान गिस्वार्नबाट उत्तर पूर्व १६९ किलोमिटर पर केन्द्रबिन्दू रहेको ७ं.१ रेक्टर स्केलको भूकम्प मापन गरिएको हो । नागरिक सुरक्षा अधिकारीहरुले तोलोगा बे क्षेत्रबाट मानिसलाई सुरक्षित स्थानमा जानको लागि आग्रह गरेका छन् । भूकम्पपछि सुनामीको खतरा रहेको रेडियो न्यूजिल्याण्डले जनाएको छ । तर सुनामी चेतावनी केन्द्रले भने समुन्द्रमा २१ सेन्टिमिटर उचाईमा मात्रै छाल आएको पाइएकोले खतरा नरहेको जनाएको छ । भूकम्प पछिको क्षतिको विवरण आएको छैन । सन् २०११ मा दक्षिणी तटको क्राइस्टचर्च शहरमा गएको भूकम्पमा एक सय ८५ जनाको ज्यान गएको थियो । न्यूजिल्याण्डमा वर्षेनी १५ हजार पटक भूकम्प जाने गरेको र त्यसमा झण्डै एक सय ५० वटा शक्तिशाली हुने गरेको अधिकारीले बताएका छन् ।
न्यूजिल्याण्डमा गयो ७ं.१ रेक्टर को शक्तिशाली भूकम्प Reviewed by Google Girl on 9:25:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.