Top Ad unit 728 × 90

News
News

विदेशबाट फर्किंने नेपालि हरुको लागि भन्सार विभागले ल्यायो एस्तो नया नियम...

त्रिभुवन विमानस्थलमा टाँगिएको सूचना
सामन्यतया भन्सार तिरेर ल्याउन पाइने सामान :-
६ महिनासम्म विदेशमा बसेर फर्किएकाहरुले ३२ इञ्च भन्दा बढीको टेलिभिजन, म्यूजिक तथा भिडियो प्लेयर, रेफ्रिजेरेटर, वासिङ मेशिन, पङ्खा र रेडियो र १/१ थान ल्याउन सक्छन् । तर, यसमा समदरमा भन्सार तिर्नुपर्छ । १० किलोग्रामसम्म खाद्य सामाग्री पनि ल्याउन पाइन्छ तर, यसमा तोएकिो भन्सार भने तिर्नुपर्छ ।
१५ पिस लुगाफाटा, जुत्ता, कस्मेटिक्स लगायतका समान ल्याउँदा पनि तोकिएको भन्सार तिरेर विमानस्थलबाटै ल्याउन सकिन्छ । घरायसी प्रयोजनका लागि ल्याइने मिक्स्चर, जुसर, सिलाइ मेसिन, ग्यासटेबुल, इस्त्री, राइस कुकर २/२ थानसम्म ल्याएमा भन्सार तिर्नुपर्छ । व्यवसायिक पेशामा लागेका व्यक्तिहरुले आफ्नो दक्षता वृद्धिको लागि आवश्यक पर्ने सामान व्यक्तिगत प्रयोजनका लागि २/२ थानसम्म ल्याउन सक्छन् ।
यो भन्दा बढी समाग्री ल्याएमा व्यवसायिक रुपमा भन्सार तिरेर पास गराउनुपर्ने भन्सार महानिर्देशिक ढंगानाले बताए ।विदेशबाट तोकिएको परिमाणमा सुन पनि ल्याउन पाइन्छ । सुन तथा सुनका गहना ५० ग्रामसम्म र चाँदीको गरगहना पाँचसय ग्रामसम्म तथा ३० हजार नेपाली रुपैयाँ मूल्यसम्मको जहारत जडित गरग हनामा कुनै भन्सार शुल्क तिर्नु पर्दैन । त्यस्तै ५० ग्राम भन्दा बढी र ३ सय ५० ग्रामसम्म सुन र १ किलोग्रामसम्म चाँदी ल्याएमा भने तोकिएको समदर भन्सार शुल्क तिर्नुपर्छ । यो भन्दा बढी सुनचाँदीको भन्सारपास नहुने भएकाले धेरै सुन बोकेमा जफत हुनसक्छ । यी सुविधा पाउन पनि सामान ल्याउने व्यक्ति ६ महिना भन्दा बढी विदेशमा बसेको हुनुपर्ने प्रावधान छ ।यस्तै ल्यापटप वा कम्प्युटर, ट्यावलेट, घडी, क्यामरा, भिडियो क्यामरा, सेलुलर, मोबाइल फोन र पेन ड्राइभ १/१ थान ल्याउँदा पनि भन्सार छुट पाइन्छ । बच्चा राख्ने पेराम्बलेटर र ट्राइसाइकल १/१ वटा ल्याउँदा पनि भन्सार तिर्नुपर्दैन ।
विभिन्न पेशा गर्ने व्यक्ति स्वदेश फर्किंदा ल्याएका व्यवसायिक सामानमा पनि भन्सार नलाग्ने व्यवस्था छ । डाक्टरले ब्लड प्रेसर नाप्ने यन्त्र, स्टेथेस्कोप, खेलाडीले खेलकुद सम्बन्धी सामानहरु फुटबल, भलिबल, संगीत क्षेत्रमा लागेकाहरुले बाजाहरु, गितार, हार्मोनियम, तबला, लगायतका सामान १/१ थान ल्याउन भन्सार रकम भुक्तानी गर्नुपर्दैन । यस्तै चार किलोग्रामसम्म खाद्यान्न ल्याउन पनि कर लाग्दैन भने १.१५ लिटरसम्मका मदिरा बोक्नेले पनि भन्सार तिर्नुपर्दैन ।
विदेशबाट फर्किंने नेपालि हरुको लागि भन्सार विभागले ल्यायो एस्तो नया नियम... Reviewed by Google Girl on 1:48:00 PM Rating: 5

1 comment:

  1. Bastab ma ta hami baidesik rojgar ma gaeka nepali haru ma kunai pani vansar nalagnu parne ho khai sochda xa nepal sarkarle kunai paisa ko rukh nai tipi lyae jasto garx ta ba gajab xa mero desh ko sarakar

    ReplyDelete

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.