Top Ad unit 728 × 90

News
News

तीजकै दिन बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

२० भदौ, बनेपा । घरायसी विवादले उग्र रुप लिँदा श्रीमानले बञ्चरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेको छ ।काभ्रेपलाञ्चोकको उग्रचण्डीनाला गाविस–४ का रामगोपाल तोलाङगेले श्रीमती विष्णुमाया तोलाङगेको तीजकै दिन आइतबार हत्या गरेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक नविनराज राइले जानकारी दिए । दिनहुँजसो मदिरा सेवन गर्ने रामगोपालले जेठी श्रीमतीको छोरालाई पैसा दिएको तर आफ्नो छोरालाई विदेश पठाउन पैसा नदिएको भन्ने विषयमा विवाद हुँदा सो घटना भएको थियो । विष्णुमाया उनका कान्छी श्रीमती हु्न । उनलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ । यसैबीच जिल्लाको भुम्लुटार गाविस–६ मा ६४ वर्षीय वृद्ध तुलाराम तामाङको शव फेला परेको छ । उनको हत्या कसरी भएको भन्ने खुल्न सकेको छैन ।
तीजकै दिन बञ्चरो प्रहार गरी श्रीमतीको हत्या Reviewed by Google Girl on 5:45:00 AM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.