Top Ad unit 728 × 90

News
News

सासुले बुहारीलाई प्रेमीसँग आपत्तिजनक अवस्थामा देखेपछि बुहारिले गरे सासुको निर्मम हत्या

२०७३ भदौ २९ एजेन्सी । भारतको ग्वालियरबाट यस्तो सनसनीपुर्ण खबर आएको दैनिक नेपालमा समाचार छ ।जहाँ एउटा बुहारीले मानवताको साथसाथै सबै नातागोतालाई पनि लाज लाग्ने पटकथा लेखेर छोडेकी छन् ।सामाचारमा जनाए अनुसार महिलाका पति कारागार भएपछि उनले पतिको साथीसँग अवैध सम्बन्ध बनाएकी थिइन् । तर, उनको यो रासलीला बढी टिक्न पाएनन् र उनकी सासुले एकदिन प्रेमीसँग आपत्तिजनक अवस्थामा फेला पारिन् ।
त्यसपछि सासुले बुहारीलाई काहीँ बाहिर जान र उसलाई भेट्न आउनेहरुलाई पनि रोक्न थालिन् । यो कुरा बुहारीलाई मन परेन र सासुलाई बाटोबाट हटाउने निर्णय सोच्न थालिन् । बुहारीले सासुलाई पहिले निन्द्रा लाग्ने औषधी खुवाइन्, अनि तौलियाले उनको घाँटी घोटेर हत्त्या गरिन् । प्रहरीको हत्याको शंका आफूमाथि नगरोस भनेर उनले आफ्नो घरभित्रै लुटपाटदेखि लिएर बलात्कार सम्मको कथा बनाइन् । यो सबै कुरा उनले एउटा क्राईम सिरियलबाट सिकेकी थिइन् । यद्यपी जुलीका पति शिवा आफ्नो बुवाको हत्त्याको आरोपमा २०१३ सालदेखि कारागारमा छन् । उनको घरमा उनका आमा, पत्नि र एउटा छोरा छन् । शिवा करागारमा रहने बेला उनका साथीहरु संदेश लिएर घरमा आउने गर्थे । यस्तैमा पतिका एक साथीसँग जुली धेरै नै नजिक हुन पुगिन । पतिका साथी पनि राति जुलीकहाँ आउने गर्थे । यही क्रममा सासुले एकदिन बेडरुममा दुबैलाई आपत्तिजनक आवस्थामा फेला पारिन् । सासुको हत्यापछि जुली घरबाट वेपत्ता भएकी छन् । उनलाई प्रहरीले खोजी गरिरहेको छ । घटनाबारे छानविन भइरहेको ग्वालियर प्रहरीको भनाई छ ।
सासुले बुहारीलाई प्रेमीसँग आपत्तिजनक अवस्थामा देखेपछि बुहारिले गरे सासुको निर्मम हत्या Reviewed by Google Girl on 7:45:00 AM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.