Top Ad unit 728 × 90

News
News

नविना लामाको आक्रोस : खादाको निहुँमा मेरो चरित्रहत्या गर्ने प्रयास भयोः

काठमाडौं,२५ भदौ– नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुकी अध्यक्ष नविना लामाले खादाको निहुँमा सामाजिक सञ्जालमा आफू विरुद्ध तल्लोस्तरको गाली गलौज शुरु भएको भन्दै त्यसको विरोध जनाएकी छिन् ।खादाको निहुँमा फेसबुकमा अपशव्द प्रयोग गरेर आफ्नो चरित्र हत्या गर्ने प्रयास भएको भन्दै त्यस विरुद्ध विद्युतीय कारोवारी ऐन अन्तर्गत प्रहरीमा उजुरी दिन लागेको नविनाले
लोकान्तरलाई जानकारी दिइन् । केही दिन अगाडि विभिन्न कार्यक्रममा जाँदा आयोजकले ढाकाको खादा लाइदिएको फोटो नविनाले आफ्नो फेसबुकमा अपलोड गरेकी थिइन् । ढाकाको खादा प्रयोग गरेको र बौद्ध धर्म संस्कृतिको विरोधी रहेको भन्दै नविनाको फेसबुकमा अरूले अपशव्द र तल्लोस्तरको गाली गलौज प्रयोग गरेर कमेन्ट गरिरहेका छन् । म पनि बौद्ध धर्मको अनुयायी हुँ , बौद्ध संस्कृति मैले राम्रोसँग बुझेकी छु उनले भनिन् । म खादाको विरोधी पनि होइन र खादाको विरोधमा आफूले कुनै कार्यक्रममा नकारात्मक अभिव्यक्ति नदिएको नविनाले बताइन् । नविनालामाले फेसबुकमा पोस्ट गरेको तस्वीर कार्यक्रममा जाँदा आयोजकले सम्मान गरेर ढाकाको खादा लाईदिएको थियो त्यसैलाई निहुँ बनाएर जिम्मेवार व्यक्तिहरू नै म विरुद्ध नियोजित रूपमा लागि परेका छन् उनले भनिन् । खाडाको निहुँमा समाजका जिम्मेवार भनिने व्यक्तिहरू नै अश्लील गाली गलौजमा उत्रनु दुःखद् रहेको उनले बताइन् । ‘मलाई गृहजिल्ला काभ्रेमा प्रवेश रोक गर्ने सम्मको धम्की आएको छ ’ उनले सुनाइन् । केही महिना अगाडि पर्यटन मन्त्रालयले आफू मातहतका कार्यालयमा आयातित खादाको प्रयोग गर्न रोक लगाएपछि खादा प्रयोग गर्ने कुरा विवादित हुँदै आएको छ । आजकल यसको विकल्पमा स्वदेशी ढाकाको खादा प्रयोग बढ्दो छ ।
नविना लामाको आक्रोस : खादाको निहुँमा मेरो चरित्रहत्या गर्ने प्रयास भयोः Reviewed by Google Girl on 2:03:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.