शान्ति राज राई “वाम्बुले” लेखे यस्तो खुल्ला पत्र मिना खरेल लाइ
आदरणीय दिदी मिना खरेल ज्यु नमस्कार !
यो सिमसिमे चिसो मौसमको तातो झडका रुपि सम्झना !
खै कहाँबाट सुरु गरुँ यी पत्रका हरफ हरु मैले हजुरलाई दिदी भनेर सम्बोधन गरे । हुनत तपाईं लाई अहिले समाजिक सन्जालमा तपाईंको चर्को आलोचना सहित चर्को चर्को समाजलाईनै अपाच्य हुने नाम हरु पाई राख्नु भाछ । त्यो नामको भागिदार जहासम्म लाग्छ तपाईं प्रत्यक्ष अप्रत्यक्ष रुपमा हुनुहुन्छ नै । अहिले २१औं सताब्दिको उपलब्धि समाजिक सञ्जाल र इन्टरनेटले बिश्वलाई यती नजिक बनायो कि कस्ले के गर्यो कहाँ के हुदैछ कसैले ढाट्नै पर्दैन । त्यही क्रममा हजुरले पनि आदर्श गृहको नाममा जोयालाई उद्धार गरेको न्युज पढन पाए । अडियो भिडियो सुने हेरे आफैलाई थाम्न
सकिन लेखे “कुपुत्र सम्बोधन गरेर जिवनलाई खुल्ला पत्र” त्यो पत्रले जोया र जिबनको काण्डलाई उदाङ्गो बनायो । त्यो पत्र हजारौं सेयर भयो लाखौले पढे जुन पत्रलाई समुदायको माझमा पुराई दिने ज्ञात अज्ञात ब्याक्ति अनलाइन सबैलाई धन्यवाद दिन चाहन्छु ।त्यसपछि हङकङ, युके, सिङ्गापुर, मलेसिया गरेर विभिन्न देश परदेश बाट जीवन र जोयालाई सम्बोधन गरेर चिठी तथा उद्धार गर्न तिर लागे । “joya नेपालको बुहारी” नामक पेजबाट जीवन र जोयाको मिलनको लागि आर्थिक सहयोगको सुरुवात नै भयो । त्यसको केही समय पछि मैले जिवनलाई नि यहि खुल्ला पत्र लेखे जुन पत्रले जिवनको जिन्दगीको टर्निङ प्वाइन्ट बनेर सुरु भएको छ । अहिले जीवन जोयालाई लिन जाने कुरा तपाईंले सुन्नु भएकै होला । त्यही क्रममा पनि जिबनले दुख पाउने कुरा भै नै हाल्यो जुन तपाईंको आदर्श ग्रुहको कमजोरीको कारण जिवनको नागरिकता केरमेट भएको खबरले फेरि नेपाली समाज लाई आक्रोशित बनाएको छ । केही मिडियामा आए अनुसार बच्चा हरुले केरमेट गरिदिएछ भन्नू भएको रहेछ । मिना दिदी पक्कै यो राम्रो काम हैन तपाईं जस्तो मान्छेको यो हर्कत मलाई पटक्कै मन परेन । साचो अर्थमा भन्नुपर्दा तपाईं जस्तो राजनैतिक मान्छे समाजको अन्धकारलाई चिर्दै अगाडि बड्छु भन्ने मान्छे तपाईंको हर्कतले म दुखी भएको छु । मिना दिदि जस्तो समाजको आदर्श ब्याक्ती भएर सबैले मानेको मान्छे तपाईंको दिमागले नि के भ्याएछ है ।
""रविन्द्र मिश्रले खुल्लाम खुल्ला तपाईंको प्रसङसा गर्दा मेरो अँखामा खुसिको आँसु आएको थ्यो । स्वर्गीय पुर्व प्रधानमन्त्रीले तपाईंलाई सम्मान गरेको तस्वीर देख्दा मेरो गर्वले छाती फुलेको थ्यो । मदर टेरेसा पथमा मिना खरेल भन्ने समाचार हरु देख्दा एक्लै पतृका समातेर नाच्थे । ""
अन्य कुराहरु त कति कति हो साच्चिकै मिना दिदी तपाईंको आश्रममा आएर तपाईंको पाउ पर्न मन लागेको थ्यो । तर मिना दिदी केही चाहिदैन हजारौं राम्रो काम गरेनी एउटै नराम्रो कामले सबैलाई खाई दिन्छ । तपाईंलेनि चर्चा प्राप्तिको लागि तपाईंको शक्तिको दुरुपयोग गर्नु भयो । हो लोग्ने स्वास्नी बीच ठाकठुक त भै हाल्छ नि उखानै छ आगोनी नझोसि बल्दैन । त्यही ठाक्क ठुक्क भएकै मौका छोपेर जोयालाई उद्धार गर्नु भएछ ।
दु:खको कुरा जिवनलाई सम्झाउनु बुझाउनुपर्ने बेलामा २८ दिन हिरासतमा राखेर चरम यातना दिनुभएछ । प्रहरी प्रसासनले पनि तपाईंको कुरा अविश्वास गर्ने कुरा भएन तपाईंकै कुरा बिश्वास गरेर राम्रै अनुसन्धान गरेछन ।
दिदी यस्तै हो सतिले सरापेको देश नेपाल भन्छन तपाईं जस्तो बौद्धिक ब्याक्तीवले जिवनको लागि बिबाह दर्ता र जोयाको लागि बैधानिक बनाउने प्रयत्न गर्ने तपाईंको चाहना थ्यो भने एक सेकेन्डमा हुने थ्यो रैछ । तपाईं जस्तो समाजको एउटा चर्चित ब्याक्तिले डलर कमाउने रहरमा कसैको परिवारको बिछोड गराउनु भयो । दिदी यो भाईलाई नि शरमको बिषय बनेको छ जे हुनु थ्यो भै सक्यो । अब सर्वाजनिक रुपमा माफी माग्नुस अनि एउटा असल भेना खोजेर बिहा गर्नुहोस् अनि तपाईंलाइ परिवारको माया के हो भन्ने थाहा पाउनु हुन्छ । ताकी अरु जीवन र जोया जस्तै छुट्टिन नपरोस तपाईंको शक्ति दुरुपयोगले निर्वासित हुन नपरोस् ।
उहीँ तपाईंको अपरिचित भाइ शान्ति राज राई “वाम्बुले”

Reviewed by Google Girl
on
8:44:00 PM
Rating:
No comments: