Top Ad unit 728 × 90

News
News

कपडाको पोकोमा रगत देखिएपछि विभत्स हत्याको रहस्य खुल्यो,शरीरका अंग टुक्राटुक्रा पारेर हत्या

विराटनगरः विराटनगर १३ को अक्सफोर्ड होटलका संचालक सुनसरी औरावनी ५ का २१ वर्षीय विनोद यादवको विभत्स हत्या भएको छ । तीनटोलियाका ओमकार श्रेष्ठको घरमा डेरा गरेर बस्ने सिरहा घर भएका जितेन्द्र साहको योजनामा हतियार प्रहार गरेर शरीरका अंग टुक्राटुक्रा पारेर यादवको हत्या गरिएको प्रहरीको अनुसन्धानले पुष्टि गरेको छ ।
हत्यापछि तन्ना, सिरक र डसनामा पोको पारेर श्रेष्ठको घरको कोठा भित्र फ्यालेको अवस्थामा मंगलबार बिहान यादवको शव फेला परेको थियो । घटना हुँदा धनकुटामा रहेका घरधनी श्रेष्ठ घटनाको जानकारी पाए लगत्तै विराटनगर आएका छन् । आफ्नो घरमा जितेन्द्र आफ्ना १२ वर्षीय भाइलाई साथमा लिएर पाँच दिन अघि मात्र डेरा बस्न आएको जानकारी श्रेष्ठले प्रहरीलाई गराएका छन् । उनले एउटा तलाका चार कोठा र एउटा किचन भाडामा लिएर बसेका थिए । ‘जितेन्द्रको योजनामा होस्टल संचालक यादवको हत्या भएको हो भन्ने निष्कर्षमा हामी पुगेका छौँ,’ मोरङ प्रहरीका प्रवक्ता डीएसपी योगेन्द्रसिंह थापाले भने, ‘घटनामा सिरहाकै राकेश यादवसहित चार जनाको संलग्नता पुष्टि भएको छ ।’ घटनामा संलग्न भनिएका अन्य युवाको नाम भने प्रहरीले खुलाएको छैन । जितेन्द्रसँगै बस्दै आएका भाइको नाम पनि प्रहरीले गोप्य राखेको छ । ‘भाइ एउटा कोठामा सुतेको बेलामा घटना अर्को कोठामा भएको हो,’ डीएसपी थापाले भने, ‘घटनाका बारेमा केही पनि थाहा नपाएका कारण भाइको नाम सार्वजनिक नगरिएको हो ।’ प्रहरी नियन्त्रणमै रहेका जितेन्द्रका भाइले पनि आफूलाई घटनाका बारेमा केही थाहा नभएको बयान दिएका छन् । प्रहरीका अनुसार जितेन्द्र, राकेश लगायत हत्यामा संलग्न अन्य युवा विनोदका पुराना साथी हुन् । ‘जितेन्द्रले कोठामा बोलाएपछि सबै मिलेर मदिरा सेवन गरे पश्चात रातको समयमा विनोदको हत्या भएको खुल्न आएको छ,’ थापाले भने । मदिरा सेवन गर्दै गएपछि पुरानो रिसीईवी साँधेर चारै जना मिलेर यादवको हत्या गरेको हुन सक्ने अनुमान प्रहरीको छ । प्रहरीले घटनास्थलबाट वियरका बोतल, हत्यामा प्रयोग गरिएको हतियार, रगत लतपतिएको अवस्थाका सिरक डसना लगायतका लत्ताकपडा र तीनवटा मोवाइल बरामद गरेको छ ।
 थापाका अनुसार हत्या गरिएका युवाको टाउँको, जीउ र खुट्टा काटेर अलग–अलग पारिएको अवस्थामा शव फेला परेको छ । टुक्रा–टुक्रा शरीर अलग–अलग कपडामा पोको पारेर राखिएको अवस्थामा टाउँको, जीउ र खुट्टा एउटै कोठाको भिन्दा भिन्दै स्थानमा भेटिएको छ ।
 ‘प्राय सबै अंग टुक्राटुक्रा पारिएको अवस्था शव भेटिएको छ,’ थापाले भने, ‘शव पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।’ यस विषयमा प्रहरीले गम्भीर रुपमा अनुसन्धान थालिसकेको बताउँदै डीएसपी थापाले भने, ‘हत्या गरेर हत्यामा संलग्नले बोरामा हालेर शव फ्याक्न गाडी बोलाएपछि गाडीका चालकले शंका लागेर प्रहरीलाई खवर गरेका थिए ।’ डेरा सर्नका लागि सामान सार्नु पर्ने भन्दै हत्यामा संलग्नले गाडी बोलाएका थिए । कपडा भनेर पोको पारिएको गुण्टाबाट रगत चुइँदै गरेको देखेपछि गाडी चालकले त्यहाँबाट निस्किएर प्रहरीलाई खवर गरेको जानकारी थापाले दिए । प्रहरीले गाडी नम्बर र चालकको नाम पनि गोप्य राखेको छ । प्रहरी घटनास्थलमा पुगेपछि गाडी बोलाउने युवाहरु फरार भएका थिए । हत्यामा संलग्न फरार रहेका कारण उनीहरुको खोजीका लागि वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी संजयसिंह थापाको नेत्रृत्वमा प्रहरी परिचालन गरिएको छ । प्रवक्ता थापाले भने, ‘हामी हत्याराको नजिक पुगिसकेका छौँ । उनीहरुलाई चाँडै पक्राउ गरेर कानुनी कारवाहीको दायरामा ल्याउने छौँ ।
कपडाको पोकोमा रगत देखिएपछि विभत्स हत्याको रहस्य खुल्यो,शरीरका अंग टुक्राटुक्रा पारेर हत्या Reviewed by Google Girl on 2:15:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.