Top Ad unit 728 × 90

News
News

३०० यात्रु बोकेको साउदी विमान अपहरण परेको आशंका

साउदी अरेवियाको एक विमान अपहरणमा परेको आशंका गरिएको छ । विमानमा सन्दिग्ध खतरा रहेको भन्दै फिलिपिन्सको राजधानी मनिलास्थित विमानस्थलमा साउदी विमानलाई छुट्टै राखिएको अन्तराष्ट्रिय सञ्चार मध्यमले जनाएका छन् । उक्त विमानमा ३०० भन्दा बढी यात्रु सवार रहेको बताइएको छ । फिलिपिन्सको नागरिक उड्डयन कार्यालयले विमानलाई छुट्टै राखिएको पुष्टि गर्दै विवरण दिएको छैन । विमान स्थानीय समय अनुसार दिउसो ३ बजे मनिला विमानस्थलमा अवतरण गरेको थियो । साउदी अरेवियाको जेद्दाबाट आएको उक्त विमानमा ३०० भन्दा बढी यात्रु सवार रहेको अधिकारीहरुले अनुमान गरेका छन् । स्थानीय सञ्चारकर्मीहरुले विमान अपहरणमा परेको हुन सक्ने जानकारी ट्वीटरबाट दिएका छन् |
३०० यात्रु बोकेको साउदी विमान अपहरण परेको आशंका Reviewed by Google Girl on 3:45:00 AM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.