Top Ad unit 728 × 90

News
News

मन्त्रि को सेक्स टेप सार्वजनिक भएपछी ..मन्त्रि को जागिर चट, दुई महिलाको साथमा आपत्तिजनक अवस्थामा देखिए

एजेन्सी । भारतको दिल्ली सरकारका एक मन्त्री सेक्स टेपमा देखिएका छन् । दिल्ली सरकारका क्याबिनेट मन्त्री सन्दीप कुमारसेक्स टेपमा देखिएको हुन् । यसलगतै दिल्लीका मुख्यमन्त्री अरविन्द
केजरीवालले बुधबार अबेर राति महिला तथा बालबालिका कल्याण मन्त्री सन्दीप कुमारलाई मन्त्रिमण्डलबाट हटाएको घोषणा गर्नुभएको छ । मुख्यमन्त्री केजरीवालले ट्वीट गरेर यसबारे जानकारी दिनुभएको हो । उहाँले एक सिडी आफ्नो हात लागेको बताउनुभयो । सिडीमा सन्दीप कुमार दुई महिलाको साथमा आपत्तिजनक अवस्थामा देखिएको खबर छ ।सिडी प्राप्त भएको आधा घण्टा भित्रै सन्दीप कुमारलाई मन्त्रीबाट हटाउने निर्णय गरेको दिल्लीका उप मुख्यमन्त्री मनीष सिसोदियाले बताउनुभयो । मनीष सिसोदियाले भन्नुभयो ‘आम आदमी पार्टी सिद्धान्त भ्रष्टाचार, कुनै किसिमको अपराध वा चरित्रमा लागेको दाग नसहने हो । पञ्जाबका संयोजकले पैसा लिएको खबर आएपनि उनलाई हटाइयो । हाम्रो पार्टीले शून्य सहनशीलताको नीतिमा काम गर्छ ।’ दिल्लीको प्रमुख विपक्षी दल भारतीय जनता पार्टी भाजपाले सन्दीप कुमारसँग सम्बन्धित घटना सार्वजनिक भएपनि आम आदमी पार्टीको आलोचना गरेको छ । सन्दीप कुमारले गएको महिना दिल्लीबाट मगन्तेलाई हटाउने योजना बनाएका थिए । यो योजनाको आलोचनाभएपछि मुख्यमन्त्रीले योजना फिर्ता लिनुभएको थियो ।
मन्त्रि को सेक्स टेप सार्वजनिक भएपछी ..मन्त्रि को जागिर चट, दुई महिलाको साथमा आपत्तिजनक अवस्थामा देखिए Reviewed by Google Girl on 6:49:00 AM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.