Top Ad unit 728 × 90

News
News

धरौटी तिर्न नसकेपछि जेल गएको ६ बर्षिय छोरा जेल बाट छुटे

बेसीसहरः जिल्ला अदालत लमजुङले तोकेको धरौटी तिर्न नसकेपछि नाबालक छोरासहित पुर्पक्षका लागि जेल चलान भएकी सुकमाया मिजार र उनको ६ वर्षीय नाबालक छोरा सुजन मिजार जेलबाट छुटेका छन् । मंलगबार जिल्ला अदालत लमजुङमा धरौटी रकम जम्मा गरेपछि उनीहरू जेलबाट छुटेका हुन्।
अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकमा धरौटी तिर्न नसक्दा बालक जेलमा भन्ने समाचार पढेपछि देशविदेशबाट बालकको उद्धारका लागि चासो देखाइएको थियो। बालकको धरौटीका लागि लमजुङको कुन्छा घर भई हाल अमेरिकाको कोलोराडोमा बस्दै आएका कृष्णप्रसाद अधिकारी र दोलखा घर भएका घिसिङ एन्ड डेभलपर्स कम्पनीका प्रबन्ध निर्देशक चन्द्र लामालगायतले सहयोग गरेका थिए । बालकको धरौटी र अन्य सहयोगका लागि लामाले लमजुङ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष राजेश थापामार्फत २० हजार सहयोग गरेका थिए भने अधिकारीले २० हजार ९८ रुपैयाँ सहयोग गरेका थिए । त्यस्तै बालकको सहयोगका लागि सामाजिक सञ्जाल ‘न्यानो स्पर्श समूह- बाट ५ हजार सहयोग भएको छ । जेलबाट छुटेपछि सुरज र सुकमाया निकै खुसी देखिन्थे । जेलबाट निस्केपछि उत्साहित भएकी उनले मजदुरी गरेर भए पनि लमजुङको बेसीसहरमै बस्ने र अदालतको तारिखमा हाजिर हुने बताएकी छन् । ‘मेरो दोष छैन तर अदालतले भनेको मान्छु-, उनले भनिन् । पूर्वी लमजुङको बिचौर माइती भएकी उनले आफ्नो दोस्रो विवाह नवलपरासीको कावासोतीमा भएको बताइन् । यसअघि लमजुङकै मंगले मिजारसँग बिहे भएको र उनैबाट छोरा सुजनको जन्म भएको उनले बताउँदै आएकी छन् । उनको दोस्रो श्रीमान् नवलपरासीको कावासोतीका शंकर अछामी पनि सोही मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएका छन् । गाउँकै एक चेलीले यो दम्पतीविरुद्ध जिल्ला अदालत लमजुङमा मुद्दा दायर गरिकी थिइन् । ३५ बर्ष लागेकी सुकमायासँग नेपाली नागरिकताको प्रमाणपत्र छैन । उनको छोरा सुजनको जन्मदर्ता भएको छैन । जन्मदर्ता नहुँदा कागजी प्रक्रिया मिलाउन समस्या भएको छ । बालकको उद्धार पश्चात् मंगलबार नै जिल्ला प्रशासन कार्यालय लमजुङमामा बसेको जिल्ला बालकल्याण समितिको बैठकले बालकको सहयोगका लागि उनको नाउँमा खाता खोल्न सिफारिस गर्ने र नेपाल बालसंगठनअन्तर्गतको कपिलबस्तुको बालगृहमा सिफारिस गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जीसीले जानकारी दिए । ‘बालकलाई १६ वर्ष नपुगुन्जेल जिल्ला बालकल्याण समितिको सिफारिसमा मात्र खर्च गर्न पाउने गरी सिफारिस गर्ने निर्णय भएको छ-, उनले भने ।
धरौटी तिर्न नसकेपछि जेल गएको ६ बर्षिय छोरा जेल बाट छुटे Reviewed by Google Girl on 6:33:00 AM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.